जब कसैलाई साथी बनाउने सोच्दै हुनुहुन्छ भने पक्कै
पनि एउटा कुरा मनमा आउने गर्दछ कि उक्त
व्यक्ति कस्तो होला । विशेषगरि यदि कुरा महिलाको हो भने त
पक्कै पनि । थुप्रै पटक साथी बनिसकेपछि तपाईंलाई लाग्छ
कि तपाईंको निर्णय गलत थियो जसका कारण तपाईंले उनीसँग
दुरी बनाउन थाल्नुहुन्छ जसले गर्दा तपाईंलाई र
तपाईंको साथीलाई समस्या पर्नसक्छ । तर
यस्तो समस्या किन झेल्नु यदि तपाईंले साथी बन्नुभन्दा पहिले
नै उनको बारेमा केहि अनुमान लगाउन सक्नुहुन्छ भने । हो ,
हामी कुरा गरिरहेका छौँ महिलाको जसले साथीहरुसँग
कस्ता व्यवहार गर्दछिन् र यो कुरा उनको राशीअनुसार
हामी तपाईंलाई बताउँदै छौँ । थाहा पाउनुहोस्ः
मेष राशीः तुरुन्त साथी बनाउँछन् मेष राशी भएका महिलाहरु
मेष राशी भएका महिलाहरुको मन बगेको पानीजस्तै हुने गर्दछ ।
जहाँ राम्रा मान्छे भेट्यो त्यतै आकर्षित हुने । एक मिनेटमा नै
साथी बन्ने निर्णय लिने गर्दछन् र एक मिनेटमा नै तोड्ने । मेष
राशी भएकी महिलाको साथीको समूह ठूलो हुने गर्दछ र उनले
आफ्ना साथीहरु कहिले पनि बिर्सन सक्दिनन् ।
नयाँ मानिसहरुसँग साथी बन्न ढिला नगर्ने
यस्ता महिलाहरुको बानीले उनका पुराना साथीहरुसँग
उनको ठाकठुकसमेत पर्ने गर्दछ । साथीहरुसँग हाँसो –
ठट्टा गर्न उनलाई निकै रमाइलो लाग्ने गर्दछ ।
उनको गहिरो सम्बन्ध निकै थोरै साथीहरुसँग मात्र हुने गर्दछ ।
२ . वृष राशीः ‘ बेष्ट फ्रेन्ड फर एभर’ वृष
राशी भएका महिलाहरु जब कोही व्यक्तिसँग साथी बन्छन्
उनीहरुको सम्बन्ध सधैँभरिको लागि हुन्छ । कोही महिलाहरु त
निकै वर्षसम्म पनि समथी भइरहने गर्दछन् ।
यी महिलाहरुको धेरै साथीहरु हुँदैनन् । सिमित वयक्तिहरुलाई
मात्र साथी बनाउने वृष राशीका महिलाहरु
साथीसँगको सम्बन्धलाई निकै राम्रो तरिकाले निर्वाह गर्ने
गर्दछिन् ।
३ . मिथुन राशीः यी महिलाहरु राम्रो साथी मिथुन
राशी भएका माहिलाहरुको वाककलाको क्षमता निकै राम्रो हुने
भएका कारण उनीहरुलाई वुद्धिजीविहरुसँग सम्बन्ध बनाइराख्न
निकै मनपर्छ । विशेष गरि साथीहरुबिच समन्वय
बनाइराख्नमा उनीहरु निकै पोख्त हुनेगर्दछन् । साथीहरुबिच
यी राशी हुने महिलाको मनमुटाव निकै कम हुने गर्दछ ।
४ . कर्कट राशीः कर्कट राशीका महिलाहरु जोसँग
साथी बन्दछन् उनीहरु साथीलाई आवश्यकभन्दा बढि नै
ध्यानमा राख्ने गर्दछन् । यदि तपाईं समस्यामा हुनुहुन्छ भने
यी महिलाहरुले तपाईंको साथ कहिले पनि छोड्ने छैनन् ।
यो राशीका महिलाहरु आफ्नो भावना व्यक्त गर्न कहिले
पनि पछि पर्दैनन् । आफूलाई भने त्यति ध्यान नदिने
यी महिलाहरु कहिलेकाँही निकै रुखो व्यवहार गर्ने गर्दछन् ।
५ . सिंह राशीः सिंह राशी भएका महिलाहरु
आफ्नो साथीको बारेमा आवश्यकभन्दा धेरै सोच्ने गर्दछन् ।
यदि सिंह राशी भएका महिलाहरुसँग
तपाईंको झगडा भएमा केहि बेरपछि नै उनीहरु तपाईंकोमा आएर
माफी माग्ने गर्दछन् । यी महिलाहरु आवश्यकभन्दा बढि नै
सामाजिक हुने गर्दछन् ।
साथीहरुका लागि केहि गर्नका लागि यी महिलाहरु सदैव
उत्साहित हुने गर्दछन् ।
६ . कन्या राशीः कन्या राशीका महिलाहरु
आफ्ना साथीको प्रत्येक कुराको हिसाब राख्ने गर्दछन् ।
आफूले चाहेको जस्तो नभएमा उनीहरुको व्यवहार
कहिलेकाँही निकै कडा पनि हुने गर्दछ तर उनीहरु मनबाट
नराम्रा भने हुँदैनन् । कन्या राशी भएकी महिलासँग
साथी बन्दा तपाईंले कहिले पनि पछुताउनु पर्दैन । सल्लाह दिने
कुरामा पनि यिनिहरु अग्रस्थानमा हुने गर्दछन् ।
७ . तुला राशीः तुला राशीका महिलाहरु निकै शान्त
किसिमका हुन्छन् । साथीहरुको गल्तीलाई सधैँ माफी दिने
यस्ता महिलाहरु राम्रो साथी मात्र बनाउन रुचाउँछिन् । उनीसँग
राम्रो व्यवहार गर्नुहुन्छ भने उनको व्यवहार
पनि तपाईंप्रति सधैँ राम्रो नै हुने गर्दछ भने
तपाईंको व्यवहारमा रुखोपन आउन
थालेमा उनी पनि रुखो हुनुसट्टा तपाईंबाट टाढा जान रुचाउँछिन्
। उनी आफ्नो साथीको मनपर्ने– मननपर्ने
कुराको बारेमा पनि ध्यान राख्ने गर्दछिन् ।
८ . वृश्चिक राशीः वृश्चिक राशीका महिलाहरु
जति राम्रो साथी बन्न सक्छन् त्यति नै ठूलो दुश्मन पनि ।
आफूमाथि गरेको सहयोगलाई कहिले पनि नर्बिसने यी महिलाले
कसैलाई सहयोग त्यतिबेला गर्दछिन् जतिबेला उनले
पनि आफूलाई गर्ने पक्का हुन्छिन् । उनीहरु साथीको छनौट
पनि निकै सोचेर गर्ने गर्दछन् । ९ .
धनु राशीः धनु राशीका महिलाहरु आफ्नो सम्बन्धमा कहिले
पनि चिसोपन आउन दिँदैनन् । साथीहरुसँग
झगडा हुँदा उनको गल्ती नहुँदा पनि उनी आफैँ माफी माग्न
पछि पर्दिनन् । अर्थात उनी साथीहरुलाई फकाउन
ढिलो गर्दिनन् । साथीहरुबिच भेदभाव नगर्ने यस्ता माहिलाहरु
तुला र कुम्भ राशीका व्यक्तिहरुसँग बढि मिल्ने गर्दछन् ।
१० . मकर राशीः यी महिलाहरु साथी बनाउँदा जति मनले
बनाउँछन् त्यति नै दुःखी साथीसँगको सम्बन्ध टुट्दा हुने
गर्दछन् । साथीहरुलाई सल्लाह दिनमा निकै अग्रसर हुने
यी महिलाहरु साथीहरुको राम्रोको लागि जे पनि गर्न तयार
हुन्छन् । यी महिलाहरु निकै सामाजिक हुने गर्दछन् र
उनीहरुको सम्बन्ध वृश्चिक र मीन राशीका व्यक्तिहरुसँग
राम्रो हुने गर्दछ ।
११ . कुम्भ राशीः कुम्भ राशीका महिलाहरु निकै सजिलै
साथी बन्न सक्छन् । उनीहरु हरेक
व्यक्तिका लागि राम्रा साथी हुनेछन् ।
उनीहरुको समूहमा उनलाई धेरैजसोले आफ्नो ‘ बेष्ट फ्रेन्ड ’
मान्ने गर्दछन् । आफूलाई निकै
गाह्रो भएता पनि साथीहरुको भावनालाई कहिले पनि ठेस
पुर्याउँदैनन् । यस्ता महिलाहरु आफ्ना प्रत्येक कुराहरु
साथीलाई बताउने गर्दछन् ।
उनीहरुको सबैभन्दा राम्रो साथी तुला राशीका मानिसहरु हुने
गर्दछन् ।
१२ . मीन राशीः यदि मीन राशी भएकी महिलासँग साथी बन्दै
हुनुहुन्छ भने एउटा कुरा ध्यानमा राख्नुहोस् , ‘ उनीहरुलाई
आफ्नो निजी जिन्दगीमा कुनै पनि हस्तक्षेप मान्य छैन’ ।
तपाईं उनीहरुसँग जति नै मिल्नुहोस् उनीहरुले केहि न
केहि कुरा त पक्कै पनि लुकाएर राखेका हुन्छन् । मीन
राशीका महिलाहरुको मुड कहिले परिवर्तन हुन्छ
त्यो पनि थाहा पाउन मुश्किल हुन्छ । ( एजेन्सी) भिडियो हेर्न
तलको बाकस थिच्नुहोस
यो समाचारसंग सम्बन्धित भिडियो तल छ,
हेर्नका लागि विचमा थिच्नुहोस
भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment