भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

खुला समाज भएको भनिए पनि कतिपय काम कुराहरु खुला हुनै सक्दैनन् । अझ यौनको विषय खुला हुनै सक्दैन । आजभोलि यौन शिक्षा दिने नाममा यौन सम्बन्धका तरिका र कलाहरुलाई बढी प्राथमिकता दिने गरिएकोले त्यसले सचेत बनाउनुको साटो विकृत बनाउँदै गएको आरोप लागिरहेको छ ।
केही समय यता संयुक्त राज्य अमेरिकामा यौन शिक्षा दिने नाममा शिक्षिकाहरुले कक्षा कोठाभित्रै यौनजन्य क्रियाकलाप गर्ने मात्र होइन छात्रसंग यौन सम्पर्क नै गर्ने गरेका घटना भेटिएको छ ।
Recheli
केही दिन अघि सिकागो व्यावसायिक प्रतिष्ठानका एक शिक्षिकालाई विद्यार्थीसंग यौन सम्बन्ध राखेको आरोपमा एक लाख ५० हजार डलर धरौटी माग गरिएको छ । समाचार अनुसार ब्रिडगेट मिलर नामकी ३९ वर्षीय ती शिक्षिकाले १७ वर्षीया छात्रसंग यौन सम्पर्क राखेको आरोप छ । उनीहरुबीच मार्च १७ र २२ मा यौन सम्बन्ध भएको बताइएको छ ।
पछिल्लो समय अमेरिकाको म्यासाचुसेट्समा एक महिला शिक्षकमाथि एक छात्रसंग यौन सम्बन्ध राख्ने गरेको आरोप लागेको छ । यस आरोपपछि स्कुल प्रशासनले आरोपित शिक्षकलाई निस्काशित गरेको छ ।
त्यहाँबाट प्रकाशित हुने हफिङटन पोस्टका अनुसार २७ वर्षीय शिक्षिक रेचिलि गेनड्रोनलाई १४ वर्षीय एक छात्रसंग तीन पटक यौन सम्बन्ध बनाएको आरोप छ ।
प्रहरी जाँचमा छात्रको मोबाइलबाट शिक्षिकाको अश्लील फोटो र सन्देश मिलेको छ । ती शिक्षिकालाई अदालतले दुई हजार डलर धरौटीमा छोडिदिएको छ ।
पूर्वीय मान्यता अनुसार पत्याउनै र सुन्नै नसकिने यस्तो घटनाले विश्व विकृति र विसंगतिको दलदलमा दिन प्रतिदिन भास्सिदै गएको अनेक घटनाक्रमले देखाइरहेको छ । शिक्षक शिक्षिकालाई गुरुबा, गुरुआमा भन्दै भगवान सरह सम्मान दिइने शिक्षिकाले विद्यार्थीहरुलाई यौन शिक्षा दिने नाममा आफ्नो यौन प्यास मेटाउने काम गर्नु विकृत मानसिकताको उपज मात्र मान्न सकिन्छ ।
विद्यालयमा मात्र हैन अमेरिकामा खेलकूद, संगीत, कला लगायतका शिक्षण संस्थामा छात्र तथा छात्रासंग शिक्षक-शिक्षिकाले यौन सम्पर्क राख्ने घटना सामान्य बन्दै गएको छ । अमेरिकामा यस्ता गतिविधिलाई गैरकानुनी मान्दै कारवाही गर्ने गरे पनि यस्ता घटनामा कमी आएको छैन ।

0 comments:

Post a Comment

 
Top