अब नेपाली समाजका लागि साइबर सेक्स कुनै लाजमर्दो र अनौठो विषय रहेन । इन्टरनेटका विभिन्न च्याटिङ साइटहरूका सन्देश, हाउभाउ देखिने गरी वेब क्यामरामार्फत हुने कुराकानी, पोर्न तथा डेटिड साइटहरूमा भेटिने बनिबनाउ तस्वीर एवम् भिडियो अनि त्यहाँ भेटिने साइबर पार्टनरसँग गरिने अश्लील गफ अब नेपाली समाजका लागि पनि नौलो लाग्न छोडिसकेको छ । यसैका कारण कतिपयको जीवन बर्बाद भएको समाचार पनि हामीले सुनेका छौं । मासिक ८ हजार ८ सय २० अर्बभन्दा बढी इमेल आदानप्रदान गर्ने विश्वको इन्टरनेट जगत्मा साइबर सेक्सका कारण जीवन बर्बाद बनाउनेको संख्या नयाँ जिन्दगीको महसुस गर्नेको भन्दा एक तिहाइले बढी रहेको एक अमेरिकी सर्वेक्षणले पनि बताएको छ ।
के हो साइबर सेक्स ?
इन्टरनेट वा फोनको माध्यमबाट यौनसम्बन्धी हुने जुनसुकै गतिविधिलाई साइबर सेक्स भनिन्छ । यसलाई कम्प्युटर सेक्स तथा बोलीचालीको भाषामा बनिबनाउ (भर्चुअल) सेक्स भनेर पनि बुझिन्छ । साइबर सेक्समा रमाउनेहरूले कुनै पनि दूरीमा रहेर कम्प्युटर तथा इन्टरनेटमार्फत आफ्नो साइबर पार्टनरसँग यौनजन्य गफ, अनुभव, ख्यालठट्टा वा अन्य यौनजन्य क्रियाकलाप साटासाट गरी यौनआनन्द प्राप्त गर्ने गर्छन् । भ्वाइस च्याट, अनलाइन कुराकानी, भिडियो, वेबक्याम तथा सन्देशहरू लेखेर साइबर सेक्सको मज्जा लिने गरेको पाइन्छ । शारीरिक सम्बन्ध राख्न तयार हुँदाको मानसिक कल्पना गर्दै एकले अर्कामा यौनभावना पोख्ने यो विनोदी कार्य भौगोलिक रुपमा टाढा रहेका प्रेमी–प्रेमिका तथा श्रीमान्–श्रीमतीका लागि भने वरदान साबित भएको छ ।
विशेषतः वेबक्याममा आफ्नो शारीरिक अंग प्रदर्शन गर्न, हाउभाउ प्रदर्शन गर्न, आफ्नो छेउछाउमै रहेझँै गरी साइबर पार्टनरसँग सन्देशहरूको माध्यमबाट जिस्कन, यौनभावना र प्रेमको गहिरो अनुभूति बाँडेर आनन्द महसुस गर्न साइबर सेक्सलाई लिइएको पाइएको छ । एक्लोपन तथा परिवारिक वितृष्णा मेट्न पनि यसलाई अपनाइएको पाइन्छ ।

फाइदासँगै खतरा पनि
अब मोबाइल एक–अर्कालाई फोन गर्नका लागि मात्र सीमित रहेन । यो इन्टरनेट चलाउनका लागि पनि भरपूर प्रयोग हुने गरेको छ । आफ्ना साथीलाई इमेल गर्न होस् वा फेसबुकलगायतका सामाजिक सञ्जालमा कुरा गर्न होस्, संसारभरिका युवावर्गमा मोबाइलको लोकप्रियता बढ्दो छ । ‘फुर्सद भयो कि मोबाइलमा फेसबुक अन गर्यो, चलायो, मलाई त रमाइलो लाग्छ’, पुतलीसडकस्थित एक सहकारी संस्थामा कार्यरत कमला बस्नेत भन्छिन्– ‘सबसे रमाइलो त ऊ सँग जिस्कन, एक–अर्कालाई व्यङ्ग्य गर्न र रोमान्टिक कुरा गर्नमा हुन्छ ।’ कमला मात्र होइन, आम युवायुवतीले मोबाइल इन्टरनेट पनि सेक्स र प्रेमका कुरा गर्न या भलाकुसारी गर्न अति नै राम्रो माध्यम ठान्ने गरेका छन् ।
भृकुटीमण्डपमा सामान्य व्यापार गर्दै आएकी रमिता नेपाल भन्छिन्– ‘म उहाँ (श्रीमान्) नहुँदाको एक्लोपन मेट्ने साथीको रुपमा इन्टरनेटलाई बुझ्छु । उहाँ विदेशमा, म यहाँ, तर पनि लोग्ने–स्वास्नी सँगै भएजस्तो बनाइदिएको छ यो इन्टरनेटले ।’ रमिताजस्तै धेरै श्रीमान्–श्रीमतीका लागि विदेशमा रहेका आफ्ना जोडीसँग सबै खाले अनुभूति साटासाट गर्न पृथक् साधनका रुपमा स्थान जमाइसकेको छ इन्टरनेटले । साइबर सेक्ससम्बन्धी रिपोर्टिङसँगै साधना हेल्थले एक सर्वेक्षण गरेको थियो । गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डबीच होस् वा टाढाको दूरीमा रहेका श्रीमान्–श्रीमतीबीचमा, प्रायः सोसियल साइटमा बढीजसो सेक्स र रोमान्सकै कुरा हुने गरेको सो सर्वेक्षणका सहभागीले बताएका थिए । कतिले त सेक्स रोमान्सका कुराले अरु कुराभन्दा बढी आनन्द आउने भएकाले आफूहरूबीच प्रायः यस्तै कुरा हुने गरेको बताए ।
साइबर सेक्सको विषयमा साधना हेल्थले गरेको सर्वेक्षणका क्रममा गोल्डेन गेट कलेजमा अध्ययनरत छात्रा रचना शर्मा भन्छिन्– ‘मैले एक जना साथीको ल्यापटपमा उसको ब्वाइफ्रेन्डको नग्न फोटो देखेर अतालिँदै उसलाई गाली गरें, कुरा के रहेछ भने अस्ट्रेलियामा रहेको उसको ब्वाइफ्रेन्डले च्याटिङको क्रममा रोमान्टिक हुँदा वेबक्यामबाट खिचेर पठाएको तस्वीर रहेछ । म त छक्क परें । गर्लफ्रेन्ड–ब्वाइफ्रेन्ड हुँदैमा पनि यो हदसम्मको साइबर च्याट हुँदोरहेछ ।’
समाजशास्त्री चैतन्य मिश्रका अनुसार इन्टरनेटको माध्यमबाट हुने यस्ता यौनजन्य विनोदी क्रियाकलापले मनोवैज्ञानिक रुपमा यौनजन्य तिर्सनालाई शान्त बनाउँछ र नयाँ–नयाँ तरिकाले यौन–प्रयोगहरूमा बानी पार्छ । यसका कारण यौनजीवन रसिलो बन्न पनि मद्दत पुग्छ । तर यस्ता क्रियाकलापबाट यौन उत्तेजनामा भड्काउ ल्याई यौनअपराध तथा दुर्घटना निम्तिने खतरा पनि उत्तिकै रहने बताउँछन् समाजशास्त्री मिश्र । झन् नचिनेको मान्छेसँग साइबर पार्टनर बनेर साइबर सेक्समा सहभागी हुनुले भविष्यमा अनेकौं अप्ठइरो स्थिति आउन सक्छ । साइबर सेक्सलेमान्छे यान्त्रिक हुने, इन्टरनेटमुखी हुने, भावी दाम्पत्य यौनजीवन सन्तुष्टिजनक नहुने जस्ता समस्या पनि आउन सक्ने उनको धारणा छ ।
पोर्न साइटः बढ्दो भिजिट बढ्दो खतरा
केही महिनाअगाडि प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले पोर्न साइट हेर्दैै गरेको दृश्यसहितको समाचार एक राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । त्यस्तै तीन महिनाअगाडि गोंगबुस्थित एक गेस्ट हाउसमा ल्यापटपमा ब्लु फिल्म हेर्दै गरेको एक जोडी पक्राउ परेका थिए तर उनीहरू श्रीमान्–श्रीमती भएको थाहा पाएपछि प्रहरीले त्यत्तिकै छाड्न बाध्य भएको थियो । यी त बाहिर आएका केही उदाहरण मात्र हुन् । हजारौं पोर्न साइटहरू करोडौं मानिसले प्रत्येक दिन भिजिट गर्ने गरेको पाइएकोमा यस्ता साइट बढी भिजिट गर्ने देशमा नेपाल पनि शीर्षस्थानमा छ ।
पोर्नहब डट कम, टइ्ुबएड डट कम, यु पोर्न डट कमलगायतका पोर्न साइटहरू लाखौं नेपालीले प्रत्येक दिन भिजिट गर्ने गरेको एक तथ्यांकले देखाएको छ । अझ यति मात्र नभएर ‘नेपाली पोर्न’, रेश्मा नाइटवाचर’ लगायतका दर्जनौं पोर्न भिडियोहरू नेपाली नै बनाएर यु टइबमा अपलोड गरेको पाइएको छ । नेपाली पोर्नस्टार भनेर चिनिएकी विन्दु परियारको त कुरै छाडौं, उनको नाम सर्च गर्दा दर्जनौं पोर्न भिडियोहरू यु टइ्ुबमा देख्न सकिन्छ । अमेरिकामा गरिएको एक सर्वेक्षणका अनुसार नेपाली, इन्डियन तथा बंगलादेशी विद्यार्थीहरूले आफ्नो फुर्सदको समय बढीजसो सेक्स साइटहरू भिजिट गर्ने तथा यौनजन्य कुराहरू सर्च गर्न खर्च गर्ने गरेको पाइएको थियो ।
नेपाली युवा पुस्ता पनि पोर्न साइट हेर्न र त्यसलाई साथीभाइमा सेयर गर्न उदार देखिएका छन् । यसले यौनकुण्ठाको कारणले हुने अपराधमा कमी ल्याउन सकारात्मक रोल खेल्छ भनिए पनि यस्ता साइटको प्रयोगमा लत नै बस्न सक्छ । जसले गर्दा पोर्न साइटमा जस्तै कृत्रिम एवम् अप्राकृतिक सेक्समा ध्यान जाने हुँदा आफ्नो रियल सेक्स पार्टनरसँगको शारीरिक सम्बन्धमा तनाव, वैवाहिक जीवनमा अनमेल तथा स्वयंलाई पनि यौनसन्तुष्टि नभएको अनुभव हुनेजस्ता खतरा रहेको मनोवैज्ञानिक डा. गड्डा पाठक बताउँछिन् ।
खुल्ला विद्यार्थीः बेखबर अभिभावक
अचेल कलेजका विद्यार्थीमा पोर्न स्टारका कुरा सामान्य भइसकेका छन् । सन्नी लियोनलगायतका पोर्नस्टारलाई नचिन्नेको संख्या कमी नै होला । तर कसरी चिने त उनीहरूले पोर्न स्टारलाई ? नासा इन्टरनेसनल कलेज, काठमाडौंकी छात्रा उषा श्रेष्ठ भन्छिन्– ‘पोर्न फिल्म हेर्नु कुन ठूलो कुरा भो र ? तर सेक्रेट र पर्सनल्ली हेर्नुपर्छ । किनकि यो निजी कुरा हो । म त आफ्नो ल्यापटपमा डाउनलोड गरेर हेर्छु । यसले पनि त तत्काल दिमागमा आउने सेक्सको इन्ट्रेस्टलाई कम गर्छ र सेक्स इज नोथिङ भन्ने फिल गराउँछ । यसले गर्दा बाँकी समय आनन्दले पढाइमा खर्चिन सकिन्छ ।’
साधना हेल्थले यस विषयमा गरेको सर्वेक्षणमा प्लस टु लेभलमा पुगेका ६३ प्रतिशत किशोरकिशोरीले कुनै न कुनै हिसाबले पोर्न साइट हेरेको पाइएको छ । तर ल्यापटप र इन्टरनेट छोराछोरीको आवश्यकताको विषय ठान्ने अभिभावकहरू भने छोराछोरीहरू इन्टरनेटमा के पढ्छन्, के र्हेछन् भन्ने कुरामा बेखबर रहेको बताउँछन् ।
अनामनगर, काठमाडौंका भीष्म पौडइल भन्छन्– ‘इन्टरनेटविनाको अबको शिक्षा सम्भव छैन भन्ने ठानेर नै छोरीलाई ल्यापटपमा इन्टरनेट जोडिदिएको हुँ । उसले कस्तो साइट हेर्छे, के–के हेर्छे ? त्यो उसको पर्सनल म्याटर हो । यति हो कि इन्टरनेटलाई मिसयुज नगर है भन्ने हाम्रो काम हो ।’ उनी जस्ता धेरै अभिभावकहरूले छोराछोरीलाई सम्झाउने तर इन्टरनेटको सही या गलत प्रयोगको जिम्मा भने उनीहरूकै काँधमा छाड्ने गरेका छन् । पौडइल भन्छन्– ‘यो कुरा अभिभावकले रोकेर रोकिन्न । यौन उत्सुकताले जन्माउने संवेग आँधीबराबर हुन्छ ।’
फेसबुक, फेक आईडी र सेक्स
कहिलेकाहीँ तपाईंलाई फेसबुकमा कुनै अपरिचित व्यक्तिबाट साथी बन्नका लागि रिक्वेस्ट आउन सक्छ । विचारै नगरी त्यस्तो आईडीलाई स्वीकार गर्दा धेरै दुःख पाउनुपर्ने हुन सक्छ । त्यसतर्फ बेलैमा सचेत रहनुहोला । ठमेलस्थित एक ट्राभल एजेन्सीमा कार्यरत मेनुका थापालाई यो समस्याले धेरै दुःख दिएको छ । धेरै साथी बनाउन रुचाउने मेनुकाले फेसबुकमा आएका सबै रिक्वेस्टहरू सजिलै स्वीकार गर्दै आएकी थिइन् । तर कतिपयले उनको वालमा नाङ्गा फोटोहरू, पोर्न भिडियो तथा सेक्स अपिल गरेका अश्लील कमेन्ट तथा साहित्य पोस्ट गरेर हैरानै पारेपछि उनी आफ्नो आईडी बन्द नै गर्न बाध्य भइन् । मेनुका भन्छिन्– ‘राम्रो लागेर आफ्ना फोटोहरू पोस्ट गर्दा कसैले ‘आई लभ यु लेखिदिने त कसैले साह्रै अश्लील ठट्टा गरेर दिक्क पारेका छन् । हुँदा–हुँदा त अश्लील भिडियो वालमा टइग गरेर हैरान बनाएपछि आईडी नै ब्लक गरेकी हुँ ।’
यो मेनुकाको मात्र समस्या होइन । एक महिनाअघि कुमारीपाटीस्थित एक कलेजमा कक्षा १२ मा अध्ययनरत छात्रले आफ्नो गर्लफ्रेन्डले धोका दिएको निहुँमा फेक फेसबुक आईडी बनाएर उनको टाउको नग्न युवतीको शरीरमा फोटोसपको माध्यमबाट जोडेर पोस्ट गरे । साथी सर्कलमा ठूलै हल्लाखल्ला मच्चिएपछि युवतीले मुख देखाउन पनि लायक भइनँ भन्दै झन्डै आत्महत्या गर्ने सोच बनाइन् । तर साथीभाइले सम्झाएपछि उनले नजिकको प्रहरी कार्यालयमा उजुरी दिइन् । शंकाले दिएको उजुरी साँच्चिकै सत्य साबित भयो । दोषी छात्रले गल्ती स्वीकारेपछि आवश्यक कानुनी कारबाही अगाडि बढाइयो । यो त बाहिर आएको घटना हो । बाहिर नआएका कति यस्ता साइबर क्राइमका घटना छन्, जसमा पीडितहरू चुपचाप सहन बाध्य भएका छन् ।
इन्टरनेट तथा इमेलको माध्यमबाट आनन्दानुभूतिका लागि अपनाइने साइबर सेक्स हाम्रो जस्तो देशमा केहीका लागि आवश्यकता होला तर समग्रमा हेर्ने हो भने यसले विकृति निम्त्याई यौन अपराध बढाउँछ । विवाहित दम्पती अलग्गिएर बस्नुपर्ने अवस्थामा साइबर सेक्सले उनीहरूको यौनजीवनमा केही राहत महसुस गराएको होला । तर ग्रुप साइबर सेक्स, अश्लील साइटमा गएर गरिने अश्लील च्याट तथा पोर्न भिडियोहरूले गर्दा किशोरकिशोरीको दिमागमा पनि यही मानसिकताको विकास हुने सम्भावना उच्च हुन्छ । यसबाट सामाजिक विकृति, यौन अपराध, अध्ययनमा बाधा, धन र समयको नोक्सानीजस्ता अवस्था सृजना हुन सक्ने भएकाले सम्बन्धित पक्षको ध्यान जानु जरुरी छ ।

0 comments:
Post a Comment