म २७ वर्षकी भएँ, तर अहिलेसम्म मैले पत्रपत्रिकामा लेखिएजस्तो यौनमा चरम सुख पाउन सकेकी छैन । न त हस्तमैथुनबाट, न त श्रीमान्सँगको शारीरिक संपर्कबाट चरम सुख पाएकी छु । यसबारेमा हामीले धेरैपटक कुरा गरिसक्यौँ र थाहा पाएजति विधि पनि अपनाइसक्यौँ । मलाई यौन सुख दिन नसकेकोमा मेरो श्रीमान् दुःखी हुुनुहुन्छ । के गर्ने होला ? – अंकिता
महिलामा हुनु पर्ने यौन चाहना तपाईँमा सामान्य नै देखिन्छ, तर संपर्क गर्दा चरमसुखमा मात्र समस्या देखिन्छ । थुप्रै महिलाले चरमसुख क्लिटोरिसलाई उत्तेजित गराउँदा मात्र पाउने गरेका छन् । प्रायः महिला आफैँले क्लिटोरिसलाई उत्तेजित गराएर चरमसुख पाउन सक्छन् किनभने आफ्नो शरीरका बारेमा उनीहरूलाई मात्र थाहा हुन्छ । तर, तपाईँको सवालमा क्लिटोरिसलाई आफैँले उत्तेजित गर्दा पनि चरमसुख पाउन गाह्रो छ । तपाईँलाई सेक्सुअल अराउजल डिसअर्डर भएको हुनसक्छ । यो आफैँमा जटिल समस्या हो र यसका धेरै कारण छन् । त्यसकारण चिकित्सकसँग विस्तृत रूपमा छलफल गरेर समस्याबाट मुक्त हुनुहोस् । किनभने यस्तो अवस्था रहिरह्यो भने तपाईँको दाम्पत्य जीवन त्यति सुखद नहुने खतरा हुन्छ ।
0 comments:
Post a Comment