भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

नेपालमा भूकम्पका कारण ठुलो धन जनको क्षति भएको छ । आफन्त गुमाएको पिडा एक तिर छ भने बाराम्बार आएको पराकम्पनले त्रासलाइ कम हुन दिएको छैन । हुन त यस्तो बेला यों सम्बन्धि कुरा गर्नु धेरैलाइ अमिल्दो लाग्दो हो । तर यथार्थ के हो भने यो पनि मानिसको लागि आधार भुत आवस्यकता हो । सबै ब्रमचार्यको पालना गर्दैनन् ।
नेपालमा ९० सालको भूकम्प पछि मानिसको यौन जीवन के भयो भन्ने थाहा नभए पनि चिल्ली र न्युजिलैंडमा गएको भुकम्पको ९-१० महिना पछि जन्म दर नै बृद्दी भएको थियो । यस किसिमको पीडामय परिस्थितिमा कुनै आत्मियता संग नजिकिन मन लाग्छ । यसै क्रममा श्रीमान् वा श्रीमती भनौ वा प्रेमी प्रेमिकालाई सक्दो आफ्नो सामिप्यमा राख्न खोजिन्छ वा आफु उसको समिप हुन खोजिन्छ । यस्तो परिस्थितिमा यौन सम्पर्कबाट आफ्ना अन्तरंग अनि प्रेम सम्बन्ध प्रकट गर्न चाहेको पाइन्छ ।
नियमित जीवनमा जस्तो यौन सम्पर्क गर्न चाँजो पाँजो मिलाउन सजिलो नभएकोले केहि हतारमा अनि केहि लुकेर यस्तो यौन सम्पर्क हुन सक्छ । यौन सम्पर्क भए पनि गर्भ निरोधका साधन आफु संग नहुने र सजिलै नपाइने स्थिति हुन सक्छ । त्यसैले गर्भ रहने जोखिम बढाउछ यस्तो बिपदका कारणले उठिबास लागेको स्थितिमा सन्तान जन्माउने तिर लाग्ने वा घर बार अलि व्यवस्थित भए पछी सन्तान जन्माउने भन्ने सोच्नु आवश्यक छ ।
बिशेष गरेर गोप्यता कायम हुन नसक्ने लिङ्ग र योनी मैथुनका लागि परिस्थिति पायक नपर्ने पनि हुन सक्छ । यस्तो स्थितिमा चुम्बन ,आलिंगन यौन सम्बेदनशील अंग को स्पर्स जस्ता कतिपय बैकल्पिक यौन आनन्द दिने उपाय अवलम्बन गर्ने सल्हाह डा. राजेन्द्र भद्राले साप्ताहिक मार्फत दिएका छन ।यस्तो बेला यौन हिंसाको सिकार हुन सक्ने भएकाले सजगता अपनाउन पनि उनले सुझाएका छन ।

0 comments:

Post a Comment

 
Top