भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

वास्तुशास्त्रको अनुसार रंङ्गहरुको प्रयोगले पारिवारीक सम्वन्धमा फरक पार्दछ । त्यसैले आफ्नो घरमा वास्तुशास्त्रले तोकेअनुसारको रङको प्रयोग गर्नुहोस । जस अनुसार घरको ढोकाहरुमा हल्का गुलावी, हल्का निलो,हल्का खैरो वा पहेलो रङ्गको प्रयोग गर्दा उपयुक्त हुने वास्तुशास्त्रीहरु बताउदछन । यि रङ्गहरु शान्ती र पे्रमको प्रतिक मानिन्छन जसले गर्दा पति पत्निका बिचमा सुमधुर सम्वन्ध बनाउदछ ।
यसका साथै सयन कक्ष जसलाई अगे्रजीमा बेडरुमा पनि भन्ने गरिन्छ । हिजोआज जताततै बेडरुममा अट्याच वाथरुमको चलन चलेको छ । तर यसरी सुत्ने कोठामा बाथरुमा राखिएको छ भने र त्यसमा पनि बेडरुमको अगाडि नै वाथरुमको ढोका पर्दछ भने हरहमेशा ढोका लगाइराख्नु पर्दछ । बाथरुमको नकारात्मक उर्जाले बातावरणलाई धेरै असर पारिरहेको हुन्छ जसले सम्वन्धमा असर पार्न सक्दछ ।
vastu-tips-bedroom-1436689217
यस्तै सुत्ने पलङ्गको अगाडि भुलेर पनि कहिल्यै शिशा हाल्नु हुदैन । पलङ्गको प्रतिविम्व अन्यत्र देखिने बनाउनु त्यति उपयुक्त हुन्न । तपाइले पलङ्ग अगाडि कुनै शिशा या ऐना राख्नु भएको छ भने त्यसलाइ तुरुन्त हटाउनुहोस किनकी यसले बेडरुमको बातावरणलाइ नकारात्मक असर पुराउदछ । बैठक कोठामा पर्याप्त मात्रामा प्राकृतिक उज्यालो छिर्ने व्यवस्था गर्नुहोस । यसका लागि तपाइले बैठक कोठाको उत्तर वा पूर्वको झ्यालमा ठुल्ठुला भेन्टिलेटर राख्नसक्नुहुनेछ ।
बैठक कोठाको भित्ताहरुमा हल्का कलरको रङ लगाउनुस यसरि रङ लगाउदा सिलीङको र वालको रङ पनि फरक फरक पार्नुहोस । भुलेर पनि बैठक रुममा त्यस्ता कुनै पनि तस्विरहरु नराख्नुहोस जसले युद्व, मृत्यु र रीस राग आदि जस्ता कुराहरुलाई दर्शाउने काम गरोस ।
- See more at: http://onlinepatrika.com/44181/#sthash.8PrsJ24y.dpuf

0 comments:

Post a Comment

 
Top