म ४० वर्षीय विवाहित पुरुष हुँ। मेरा दुई सन्तान छन्। म यौनसाथीसँग सातामा पाँच दिन सम्पर्क गरिरहेको छु र सन्तुष्ट पनि छु। यद्यपि कहिलेकाहीं दुई-तीन पटक यौनसम्पर्क गरेर बाटोमा हिँड्दा कुनै राम्री युवती देख्दा फेरि यौनसम्पर्क गर्न मन लाग्छ। धेरै यौनसम्पर्क गरे पनि कुनै असर गरेको छैन। सेक्स गर्दा म कन्डम पनि प्रयोग गर्दिनँ। मलाई यौनसम्पर्क गर्ने चाहना कम हुने सजिलो उपाय बताइदिनुहोला।
४७५९
यौनसम्पर्क कति भएपछि बढी हुन्छ ?
तपाईंले आफ्नो यौनसाथीसँग पर्याप्त यौनसम्पर्क राख्ने र सन्तुष्ट पनि हुनु भएको कुराले खुसी लागेको छ। यहाँ हामीले तपाईंकी यौनसाथी भन्नाले श्रीमती नै बुझेका छौं। कन्डम नलगाए पनि निरोगी व्यक्तिसँग यौनसम्पर्क राख्दा एचआईभी वा यौनरोगका संक्रमण हुने जोखिम हुँदै न, तर तपाईंले गर्भनिरोधको कुरामा पनि विचार पुर्याउनुपर्छ।
आफ्नो वंशको निरन्तरता कायम राख्नु सबै जीवित प्राणीको प्राकृतिक कर्तव्य हो, त्यसैले हामीले पनि आफूजस्तै सन्तान जन्माउनु आवश्यक छ र त्यसका लागि यौनसम्पर्क। सम्भवतः त्यसैले प्रकृतिले नै यसमा प्रबल इच्छा जोडेर पठाएको छ। यही क्रममा एक-अर्काप्रति यौनको दृष्टिले आकषिर्त हुने र जोडी खोज्ने क्रम सुरु हुन्छ। यो यौनप्रतिको आकर्षण जीवनभरि नै निरन्तर रहन्छ। यौनसम्बन्धी कुरा मस्तिष्कमा आउनु वा यौनसम्पर्क गर्न मन लाग्नु स्वाभाविक हो। यौन उत्तेजनामा हाम्रो 'दृष्टि'को महत्वपूर्ण भूमिका हुन्छ। कुनै पनि यौन उत्तेजक कुरा देखेकै भरमा पनि हामी यौन उत्तेजित हुन्छौं। यसै सन्दर्भमा आकर्षक महिलालाई देख्दा यौन उत्तेजना आउनु र यौनसम्पर्क राख्न मन लाग्नुमा कुनै अस्वभाविकता छैन। परिस्थिति मिल्छ भने तपाइर्ंले पुनः श्रीमतीसँग यौनसम्पर्क राख्न सक्नुहुन्छ। यो कुरा पक्कै हो कि तपाईंलाई कुनै महिला वा युवती यौनआकर्षक लाग्यो भन्दैमा उसैसँग यौनसम्पर्क राख्न सकिने स्थिति हुँदैन र त्यसका लागि हाम्रा समाजमा विद्यमान मूल्य-मान्यता अनि नियमको पालना अपरिहार्य हुन्छ।
धेरैको मनमा प्रश्न हुन्छ, कतिको यौनचाहना वा यौनक्रियाकलाप सामान्य हो। यौनचाहना तथा क्रियाकलाप व्यक्ति-व्यक्तिअनुसार फरक-फरक हुन्छ, कसैलाई कम भने कसैलाई बढी। आफ्नो दैनिक सामान्य जीवन अस्तव्यस्त नहुने गरी कोही यौन क्रियाकलापमा बढी नै संलग्न हुन्छ भने पनि त्यसलाई सामान्य नै मान्नुपर्छ। यदि कोही आफ्नो नियमित सामाजिक जीवन नै अस्तव्यस्त हुने गरी यौन क्रियाकलापमा लाग्छ भने बढी भएको मान्नुपर्छ।
अधिक यौन चाहनाको समस्या
यौन चाहना प्रबल भएको स्थितिमा पनि व्यक्तिले यसलाई एकहदसम्म नियन्त्रित राखेको हुन्छ। विशेष गरेर सामाजिक परिवेशमा यसका नियमहरू पालन गर्न र उसले उसको जीवनको अन्य पाटोमा नकारात्मक असर पर्न नदिई नियन्त्रणमा राखेको हुन्छ। स्वाभाविक रूपमै कुनै व्यक्तिमा यौन चाहना बढी हुन्छ भने कसैमा कम। दम्पतीको बीचमा यौनचाहना र यौन क्रियाकलापमा संलग्न हुने कुरामा सामान्य परिधिभित्रै परे पनि तालमेल नमिले बढी वा कम जस्तो लाग्न सक्छ। कुनै व्यक्तिमा यति नै यौन चाहना हुनुपर्छ भन्ने छैन। हुन त अत्यधिक यौन चाहनाको समस्याले महिलालाई पनि नपिरोल्ने होइन, तर यो तुलनात्मक रूपमा पुरुषमा बढी देखिएको पाइन्छ।
हुनुपर्ने वा भनौं रुचाइएको भन्दा बढी यौनचाहना, कामावेग भएको स्थितिलाई अंग्रेजीमा एक्सेसिभ सेक्सुअल डिसायर भनिन्छ। यस्तो स्थितिमा व्यक्तिले यौनसम्बन्धी कुराको अत्यधिक आवश्यकता महसुस गर्छ र ऊ त्यसमा उग्र तवरले संलग्न हुन्छ भने उसको दैनिक कार्य र सामान्य सम्बन्धमा नै नकारात्मक असर पर्छ। यस्तो हुनु एक गम्भीर स्थिति हो। यसलाई स्वास्थ्य विशेषज्ञहरूले विभिन्न नाम दिएका छन्। कतिपयले यी शब्दहरूले फरक-फरक परिभाषामा बोकेको बताए पनि मूलभूत रूपमा यस्तो कम्पल्सिभ सेक्सुअल बिहेबियर लाई हाइपरसेक्सुअलिटि भनिन्छ। कतिपयले यस्तो स्थिति हाइपरएक्टिभ सेक्स, निम्फोमेनिया वा इरोटोमेनिया शब्दको प्रयोग पनि गर्छन्। केहीले यस्तो स्थितिलाई सेक्सुअल अडिक्सन वा यौन लत पनि भन्ने गरेका छन्।
कतिलाई बढी मान्ने कुरामा विवाद भए पनि कसैको दैनिक, सामाजिक जीवन नै बिग्रने वा तनावपूर्ण हुने गरी यौन व्यवहार देखिन थालेको स्थितिमा भने यौन चाहना बढीको स्थिति भन्न सकिने कुरामा भने सबैजसो सहमत देखिन्छन्। साँच्चिकै यौनचाहना बढी हुँदा भने यसको उपचार गराउनुपर्छ। सम्बन्धमा आएका अप्ठयारा, यौन तथा व्यवहारमा परिवर्तन ल्याउनुपर्ने हुन्छ।
अत्यधिक यौनेच्छा किन जागृत हुन्छ भन्ने कुराको निक्र्यौल गर्न गाह्रो हुन्छ। त्यसका कमै मात्र शारीरिक कारण भेटिन्छन्। विशेष गरेर पुरुष हार्मोन अनि यसका साथै यससँग सम्बन्धित मस्तिष्कको कार्यप्रणालीमा भएको कुनै गडबडी नै यस्ता कुराका कारण हुन्छन्। केही स्थितिमा यस्तो व्यवहार स्नायु प्रणालीसम्बन्धी विकारले पनि हुनसक्छ। अन्य कतिपय स्थितिमा कारण मनोवैज्ञानिक हुन्छन्। विशेष गरेर म्यानिक डिस्वोर्डर भएका व्यक्तिमा यस्तो अत्यधिक यौनेच्छा हुने देखिएको छ। धेरै विशेषज्ञले यौन व्यवहारमा अब्सेसन वा कम्पल्सन हुनु एक किसिमको मनोरोग मानेका छन्। यस किसिमको यौन व्यवहार व्यक्तिको आफ्नो मुड वा पर्सन्यालिटि डिस्वोर्डर वा अन्य भावनात्मक समस्यालाई सामना गर्ने संयन्त्र हो पनि भनिन्छ। विशेष गरेर भत्किएका परिवारमा हुर्किएको वा यौन, भावनात्मक वा शारीरिक रूपमा शोषित भएर हुर्किएको व्यक्ति भए यौनसम्बन्धी कुरामा अस्वस्थकर धारणाको विकास भएको हुनसक्छ।
तपाईंको पत्रमा तपाईंको यौनजीवनका सम्बन्धमा निकै कम जानकारी भएकाले तपाईको यौन व्यवहारलाई यसै हो भन्न सकिने स्थिति छैन। पत्रमा तपाईंको यौन जीवन सुमधुर नै देखिन्छ, त्यसैले यसलाई कम गर्नेतिर लाग्नुपर्ने कुनै कारण देख्दिनँ, तर यहाँ उल्लेख भएका केही जानकारीका आधारमा भने तपाईंले आफ्नो स्थितिको आँकलन गर्न सक्नुहुनेछ भन्ने आशा लिएका छौं र आवश्यक भए थप प्रश्न सोध्न अनुरोध गर्छौं
चरमसुखका लागि पार्टनरको कला
रामजी बलामी
रामजी बलामी
'सम-भोग' भन्ने शब्दले दुवैको सक्रिय सहभागितामा कुनै चिज भोग गर्ने भन्ने कुरालाई जनाउँछ। यौनका सन्दर्भमा यसको भूमिका अहम हुन्छ। अझ चरम सुखानुभूतिका लागि त दुवै जनाको मानसिक, शारीरिक तथा भावनात्मक सक्रियता अत्यावश्यक मानिन्छ।
यौनसुख प्राप्त गरेका सबैले यसको चरम सुख पनि प्राप्त गरेका हुन्छन् भन्न सकिँदैन। चरम यौनसुख प्राप्त गर्ने रहर भए पनि विविध कारणले यसको स्वर्गीय आनन्द भोग गर्न पाइरहेका हुँदैनन्। यौन शिक्षा, ज्ञान, समय र प्रयोगको उपाय नजान्दा व्यक्ति जीवनभर चरम सुखको आनन्दबाट वञ्चित हुन्छ। भनिन्छ, 'चरमसुख' भनेको यौनक्रियाभित्र लुकेको एउटा 'रसवरी' हो। ओशोलगायत अनेकन यौनविज्ञ एवं मनो विज्ञहरूले समेत यसलाई विस्तृत रूपमा गहन विश्लेषण गरेका छन्। चरमसुख एउटा रहस्यमय गहना हो, जसलाई पत्ता लगाई उपभोग गर्न सक्नेले नै यौनको महत्व बुझ्न सक्छ।
बेलाबखत सार्वजनिक हुने विभिन्न सर्वेक्षण प्रतिवेदन एवं तथ्यांकहरू अध्ययन गर्दा पनि यो कुरा पुष्टि हुन्छ। अझ अशिक्षित, अन्धविश्वासी एवं यौनलाई फोहोरी भनेर चिनिने समाजमा चरम सुखको कुरा अधिकांशका लागि अस्वाभाविक पनि लाग्न सक्छ। ग्रामीण क्षेत्रको त के कुरा राजधानीजस्तो ठाउँमा समेत यौनका कुरा गर्नेलाई अझै नकारात्मक दृष्टिकोणले हेरिएको पाइन्छ।
चरम सुख प्राप्त गर्नु हरेकको चाहना हुन्छ, तर उचित यौनशिक्षाकै अभावमा व्यक्तिको चाहना तुहिरहेको हुन्छ। चरमसुख प्राप्तिको नाममा यौनको दुरुपयोग हुन्छ र समाजमा नकारात्मक घटनाहरू घट्छ। चरमसुखको अभावमा दाम्पत्य जीवन नै खतरामा पर्ने गरेको समेत विभिन्न प्रतिवेदनहरूले औंल्याएका छन्। चरमसुखको अनुभव नभए सम्बन्धमा फाटो मात्र आउँदैन, चरम सन्तुष्टिको खोजीमा भौंतारिन थाले दाम्पत्य जीवनमै खतराको घण्टी बज्न थाल्छ। बढ्दो सम्बन्ध विच्छेदका घटना त्यसकै परिणाम पनि हो।
सन् १९८३ मा प्ले ब्वाइ म्यागजिनले पहिलो पटक यौनसम्बन्धी विश्वव्यापी सर्वेक्षण गरेको थियो। प्लेब्बाइले सार्वजनिक गरेको पछिल्लो तथ्यअनुसार ४३ प्रतिशत महिला आफ्नो श्रीमान् वा ब्याइफ्रेन्ड हुँदाहुँदै पनि अरू युवकसँग अनलाइन डेटिङ गर्छन्। ५९ प्रतिशत महिला यौ नसम्पर्कका बेला आफ्नो यौनसाथीलाई बढी उत्तेजित बनाउन आफू चरमोत्कर्षमा पुगेको अभिनय गर्छन्। स्मरण रहोस्, महिलालाई चरमो त्कर्षमा पुग्न पुरुषलाई भन्दा बढी समय लाग्छ, तर यो कुरा ख्याल नगर्दा आफ्नो यौनसाथीको आवश्यकतामा धक्का पुगिरहेको हुन्छ।
एक सर्वेक्षणअनुसार सयमा ५६ जना पुरुषले आफ्नी श्रीमती वा गर्लफ्रेन्डका साथै अरू युवतीसँग पनि यौनसम्पर्क गरेका हुन्छन्। गर्लफ्रेन्ड वा श्रीमती हुँदाहुँदै बाहिर यौनसम्पर्क गर्नु भनेको चरम सुखको खोजी पनि हो भन्छन् यौनविज्ञहरू। आफ्नो पति/पत्नी वा गर्लफ्रेन्ड/ब्वाइफ्रेन्डबाट चरम सन्तुष्टि पाउन नसकेपछि यसको खोजीमा भौंतारिदा दाम्पत्य जीवनमै तुषारापात भैदिन्छ।
यौन उत्तेजनालाई नियन्त्रणमा राख्न नसक्दा कोही जीवनभर जेलको चिसो हावा खाएर बस्न बाध्य छन, कोही प्राणघातक एचआईभी एड्सबाट संक्रमित छन् भने कोही कलिलै उमेरमा आमा बन्नुपरेको तीतो यथार्थ छ। एक अध्ययन सर्वेक्षणअनुसार अझै पनि अधिकांश मानिसको मस्तिष्कमा घुसेका अन्धविश्वासी कुराहरू तथा यौनसाथीको स्वार्थका कारण चरम यौनसुखबाट वञ्चित हुनेहरूको संख्या बढ्दै पाइएको छ। चरम सन्तुष्टि प्राप्तिका लागि दुवैको साथ र सहयोग त अत्यावश्यक छ नै, यसका साथै दुवै जनामा प्राककृडा, यौन शिक्षा एवं व्यावहारिक सीपको पनि उत्तिकै आवश्यक हुन्छ। नेपाली समाजमा यौनलाई फोहोरी कुरा भनेर सिकाइन्छ, विवाहपछि आफैं जानिन्छ भन्ने चलन छ, यौनका कुरा गर्नेलाई नकारात्मक कोणले हेरिन्छ, जसले गर्दा पनि यौन शिक्षाको अभावमा विकराल समस्याहरू आइरहेका छन्। त्यसैले पनि ने पालमा यौनशिक्षा आवश्यक देखिन्छ।
यौन शिक्षा प्राप्त गर्ने स्रोत भनेकै निकटका साथीभाइ मात्र भएका छन् नेपालमा। पाठ्यक्रम भरपर्दाे हुन सकेको छैन। यौनका बारेमा प्रकाशित पुस्तकहरूमा यौन शिक्षाभन्दा पनि अश्लीलता प्रदर्शन गरिएका हुन्छन्, जसले यौनप्रति सकारात्मकभन्दा नकारात्मक सूचना प्रवाह गरेका गछर् न्। तिनले जिज्ञासालाई सही तरिकाले मेट्न सक्दैनन्, बरु उल्टै स्वास्थ्यलाई हानि पुर्याउने वा मानसिक यातना दिने खालका सामग्री समावेश गरेका हुन्छन्।
जुन कुरा गर्नु हुँदैन भनिन्छ, उक्त कुराप्रति झुकाव बढ्नु मानवीय गुण नै हो। यौनको प्रश्नमा पनि यो कुरा लागू हुन्छ। त्यसैले युवा अवस्थामा प्रवेश गर्नुपूर्व नै यौनका बारेमा सही साँचो कुरा बुझाउन सके पछि पछुताउनु पर्दैन। यौन एउटा व्यक्तिगत कुरा हो, तर आफ्नो यौनसाथीसँग खुला छलफलबिना चरम सन्तुष्टि उपभोग गर्न सकिँदैन। एउटाको मनभित्र उकुसमुकुस भएर फुट्न खोजेको उत्तेजनाको ज्वालामुखीलाई यौ नसाथीको सानातिनो आनाकानी ठूलो पीडा बन्न सक्छ। पीडाबोध मात्र होइन, यौनसाथीको मनमा हीनताबोध छाउन सक्छ। चरम यौन सन्तुष्टिका लागि दुवैजना चरम उत्तेजनामा आउनु आवश्यक छ, अन्यथा स्वार्थकेन्दि्रत सम्भोगले चरम सुख प्राप्त हुन सक्दैन।
दुवैको सहमतिमा खुलेर सम्बन्ध अघि बढाउन सके मात्र सम्भोगलाई सुखद बनाउन सकिन्छ। त्यसैले दुवैको मनोभाव बुझेर मात्र यसतर्फ लाग्नुपर्छ। आफ्नो यौनसाथीको यौनिक अंगहरू प्ाहिचान गर्न सक्नु पनि सन्तुष्टिको आधार हो। उत्तेजनालाई चरमोत्कर्षमा पुर्याउन सक्नु नै चरमसुख भोगको आधार हो। यौनसाथीलाई उत्तेजनामा ल्याउन पहिले त उसको उत्तेजनात्मक अंगहरूको पहिचान गर्नुपर्ने हुन्छ। महिला हुन् वा पुरुष दुवैका यी अंगहरू व्यक्तिपिच्छे फरक-फरक स्थानमा हुन्छ। सामान्यतः हातका पाखुरा, औंला, आँखा, गाला, खुट्टाका पैंताला, मुख, जिब्रो, यौनांग आदि हुन्। ती अंगहरूमध्ये आफ्नो पार्टनरको मुख्य उत्तेजनात्मक अंग कुन हो पत्ता लगाउनु नै चरम सन्तुष्टिको आधार तयार पार्नु हो। यसमा दुवैको उत्तिकै भूमिका हुन्छ।
यस्तो कुरामा ख्याल गरिएन भने सम्भोग बलात्कारसरह हुन सक्छ। यति मात्र होइन, यदि यौनसाथीको पहिलो पटकको सम्पर्क हो भने यौ नप्रतिको उसको सोचाइ नै जीवनभर गलत भैदिन पनि सक्छ। पार्टनरको चाहनाप्रति बेवास्ता गर्नु भनेको चरम सन्तुष्टिबाट विमुख हुनु हो। आफ्नो जीवनसाथीको हाउभाउ र व्यवहारबाटै उत्तेजनाको स्तर पत्ता लगाउनुपर्छ।
आफ्नो यौनसाथीको बोली, हाउभाउ एवं व्यवहारले नै उसको उत्तेजनास्तर कहाँ पुग्यो भन्ने कुरा पत्ता लाग्छ। कोही यौनिक शब्द सुन्नासाथ रातोपिरो वा उत्तेजित हुन्छन् भने कोही शारीरिक अंगहरूको सामीप्यताले उत्तेजित हुन्छन्। त्यसैले यस्ता कुरामा विशेष ख्याल पुर्याउनुपर्ने हुन्छ। चरमसुखको आधारविम्ब पाक्क्रीडा पनि हो। त्यसैले पाककृडामा ध्यान दिन सके मात्र चरम सुखभोग गर्न सकिन्छ
सेक्स फ्याक्ट
यौनसम्पर्क एउटा कोमल अनुभव हो। यसलाई अझ सुखद बनाउन दम्पतीहरू आफैं जिम्मेवार हुन्छन्। सामान्य प्रयासबाटै यौनसम्पर्कलाई ताजा एवं क्रिएटिभ बनाउन सकिन्छ।
वातावरण बनाउन सेक्स गेम्स खेल्न सकिन्छ।
पार्टनरका साथ रोमान्टिक चलचित्र हेर्न सकिन्छ।
लव नोट्स आदान-प्रदान गर्न सकिन्छ। साथीले के लेखेको छ भन्ने सोचले आनन्दको अनुभूति दिन्छ।
फ्रेस रहनुपर्छ। यौनसम्पर्कको आनन्द उठाउन सफासुग्घर रहनु आवश्यक छ।
गहिरो श्वास लिने अभ्यास गरौं।
यौन मनोवैज्ञानिक
यौन मनोवैज्ञानिक
म ४० वर्षीय सरकारी जागिरे हुँ। अधिकृत भएपछि मात्र विवाह गर्छु भन्ने अडानका कारण मैले ३६ वर्षको उमेरमा २० वर्षकी युवतीसँग विवाह गरें। कम उमेरकी केटी विवाह गर्नुको उद्देश्य पनि उनलाई पढाएर सरकारी जागिर ख्वाउने नै हो।
विवाह गरेको चार वर्षपछि मैले थाहा पाएँ, जीवनमा जागिर, पैसा, प्रसिद्धि ठूलो कुरा होइन रहेछ। मुख्य कुरा त श्रीमतीसँग व्यवस्थित रूपमा जीवन चलाउनु नै रहेछ। अहिले उनको र मेरो दैनिक जीवनको रुचि खासै मिल्दैन। उनी सौन्दर्य, सिनेमा र घुमघाममा रुचि राख्छिन् भने म उनले चाँडो भन्दा चाँडो सरकारी जागिर खानुपर्छ भन्ने कुरामा जोड दिन्छु। उनी मलाई बूढो भइसक्नु भयो भनेर गाली गर्छिन् भने म तिम्रो केटाकेटीपन कहिल्यै गएन भनेर रिसाउँछु। दुईको उद्देश्य नमिल्दा हाम्रो यौनसम्पर्क कम हुँदै गएको छ। करुणाजी, यसलाई कसरी व्यवस्थित गर्ने होला ?
अनन्त
अनन्तजी, बूढो महसुस तपाईंको चिन्तन र सोचसँग सम्बन्धित विषय हो। तपाईंको सोच, संस्कार, चिन्तन र कार्यशैली युवास्तरका छन् भने तपाईका हरेक गतिविधिको नतिजा पनि ऊर्जाशील हुन्छन। जसरी तपाईं कुनै जमानामा अध्ययनशील हुनुहन्थ्यो र परीक्षामा राम्रो नतिजा ल्याउनुहुन्थ्यो, तपाईंले आफूलाई राम्रो क्षमतावान् हो भनेर दाबी गर्नका लागि आज पनि त्यही स्तरको मेहनत गर्नु आवश्यक छ। अर्थात् नयाँ कुरा जान्न खोज्ने, ऊर्जाशील भैरहने तपाईंको सोच छैन भने विश्वास गर्नुहोस्, तपाई बूढो हुनुभयो। सोच र चिन्तनका कारण मानिसलाई बूढो र युवा भनेर परिभाषित गर्न सकिन्छ। युवा भएर पनि ऊ निष्क्रिय छ, जोस-जाँगर छैन, नयाँ कुरा जान्न खोज्दैन भने २० वर्षे मानिस पनि वृद्ध हुन्छ। फुर्तिलो, जोसिलो, शारीरिक अभ्यास गरी तन्दुरुस्त भैरहने र ज्ञानका दृष्टिले आफूलाई अद्यावधिक राखिरहने मानिसहरू सधैं युवा भैरहन्छन्। त्यस्ता व्यक्तिहरूलाई उमेरले खास फरक पार्दैन। त्यसकारण तपाईंले आफूलाई २०-२२ वर्षे जवान सोचेमा युवाहरूमा हुने जस्तो ऊर्जा कायम रहिरहन्छ।
अर्को पक्ष के हो भने तपाईंको हकमा श्रीमान् र श्रीमतीबीचको उमेरको फरक निश्चय नै बढी हो। यस्तोमा श्रीमान् र श्रीमतीबीचको सोचाइ, चाहना र प्राथमिकताहरू फरक हुनु स्वाभाविक पनि हो। अध्ययनहरूले देखाएअनुसार आदर्श सम्बन्धका लागि श्रीमान् र श्रीमतीबीचको उमेर फरक सामान्यतः तीन-चार वर्षको मात्र हुनुपर्छ। उस्तै-उस्तै उमेरका श्रीमान्-श्रीमती वा श्रीमान्भन्दा श्रीमती केही कम उमेरको भए पनि उनीहरूबीचको हरेक सम्बन्धमा खास समस्या आउँदैन। यौनजीवन सन्तुष्टिले भरिएको हुन्छ। यदि उनीहरूले यो उमेरको विषयलाई ठूलो मुद्दा बनाउदैनन् भने श्रीमती श्रीमान्भन्दा केही बढी उमेरको भए पनि खासै फरक पर्दैन।
यदि बढी उमेर हुने क्रमसँगै अर्थात् श्रीमान ७० वर्षको र श्रीमती ५० वर्षको उमेरको अवस्थामा पनि यो त्यति धेरै चासो र चिन्ताको विषय बन्दैन जति श्रीमान्को उमेर ४० वर्ष र श्रीमतीको उमेर २० वर्ष भएको अवस्थामा हुन्छ। श्रीमान् र श्रीमतीबीचको उमेर १२ वर्षभन्दा माथिको रहेको छ भने उनीहरूका चाहना, प्राथमिकता, शारीरिक गतिविधिहरूमा फरक पर्न जान्छ। ३५ वर्ष उमेरको श्रीमान् गल्फ खेल्न मन पराउने, टेनिस खेल्न मन पराउने खालको हुन्छ भने २० वर्षभन्दा कम उमेरको केटीको प्राथमिकता पौडी खेल्न जाने, रात्रि क्लब जाने, नाच्ने वा पार्टी कार्यक्रमहरूमा सहभागी हुने हुन्छ।
२० वर्ष उमेरकी श्रीमतीलाई उनका उमेरजन्य गतिविधिहरूको बिन्दास अनुभव गर्न रोक्दा अप्राकृतिक निषेध हुन्छ। मूलको पानी थुन्न खोज्नु जस्तै हुन्छ। अर्को कुरा, ४० वर्ष उमेरको श्रीमान्लाई २०-२२ वर्षको गतिविधिहरूमा तानेर ल्याउँदा त्यही कुरा दोहोर्याउँदा हुने जस्तो दिक्दारी हुनु पनि स्वाभाविकै हो। किनभने उसका पनि उमेरजन्य प्राथमिकता र चाहना अर्कै खालका हुन्छन्। बढी उमेरको श्रीमान् कम उमेरकी श्रीमतीका लागि साथी भन्दा पनि अभिभावकजस्तो हुन्छ। यसैलाई उनले सकारात्मक रूपमा लिने हो भने श्रीमान्बाट अभिभावकले जस्तै बढी केयरिङ पनि पाउने हुन्छ। यहाँ तपाईंहरूको उमेरको फरकबाट सिर्जित समस्यालाई हेर्दा श्रीमान्ले श्रीमतीको उमेरजन्य चञ्चले व्यवहारलाई सहज रूपमा बुझ्ने, त्यसलाई स्वीकार्ने र उनका चाहनाअनुरूपको व्यवहार गर्ने समाधानको उपाय हुनसक्छ। तपाईं लाखौं रुपैयाँको सोच बनाइरहनुभएको हुन सक्छ, तर श्रीमतीलाई २ सय रुपैयाँको टिकट लिएर फिल्म देखाउन लैजाँदा त्योभन्दा बढी सन्तुष्टि प्राप्त हुन सक्छ भन्ने कुरा भुलिरहनुभएको हुन सक्छ। त्यसैगरी अर्को पक्षबाट हेर्दा श्रीमतीले पनि परिपक्व श्रीमान्बाट हुने बढी अभिभावकत्व तथा अनुभवबाट प्राप्त हुन सक्ने लाभ लिनुपर्ने हुन्छ। श्रीमान्ले पनि श्रीमतीबाट सरकारी जागिरको अपेक्षाभन्दा श्रीमतीको जागिरप्रतिको चाहना के छ र के-कस्तो जागिरमा रुचि छ भन्ने कुरा बुझ्नुपर्छ। त्यसैअनुरूप काम गर्ने अवसर दिलाउनुपर्छ।
यसले दुवै जनालाई नजिक ल्याउन मद्दत पुग्छ। त्यसपछि यौन जीवनबारे छलफल गर्ने, श्रीमतीको यौन चाहना र सन्तुष्टिका बारेमा बुझ्ने, यौनमा रोमाञ्चकता भए-नभएको बुझेर त्यसैअनुसार यसमा निखार ल्याउने काम भए उमेरको फरकबीच पनि सन्तुष्टि प्राप्तिका नयाँ ढो काहरू खुल्न सक्छन्। दुवैका चाहना र आकांक्षाहरूलाई सम्मान गर्न सक्दा फेरि एउटा रमाइलो वातावरण निर्माण हुन सक्छ। दुवै जना अलग -अलग दिशातिर फर्किने हो भने त उपलब्ध सम्भावनाहरू पनि गुम्न सक्छन। त्यसैले उमेरको ठूलो फरक बीचका राम्रा सम्भावना खोज्नेतिर लाग्नु नै बेस हुन्छ। यदि बेलैमा दुवैबीचका आकर्षणका वस्तु खोज्न सकिएन भने यसले थप निराशा उत्पन्न गर्ने खतरा बढेर जान्छ
सम्भोगका बेला आँखा खुला राखौं, बन्द नगरौं।
यौनसम्पर्कलाई काल्पनिक दृश्यले अझ उत्तेजक बनाउँछ।
0 comments:
Post a Comment