भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

आजकाल दिनानुदिन मानिसहरू आफ्नै काममा व्यस्त हुन थाले, आफ्नो स्वास्थ्य अनि पारिवारिक सम्बन्धभन्दा बढी प्राथमिकता आफ्नो कामलाई दिन थाले। राति कम सुत्ने, खाना समयमा नखाने, अनि वैवाहिक र पारिवारिक सम्बन्धमा ध्यान नदिने कारणले धेरै मानिसहरूलाई नैराश्यता, थकान र असन्तुष्टिले सताइरहेको हुन्छ। धेरै व्यस्तताले गर्दा कसै-कसैको यौन चाहनामा पनि कमी आइरहेको हुन्छ।
तर एउटा नयाँ अनुसन्धानले के जनाएको छ भन्दा महिलाहरूले थप एक घण्टा बढी सुत्नाले यौन चाहना १४ प्रतिशतले बढ्दछ। अझ जो महिला औसतभन्दा बढी सुत्छ, उनिहरूको यौनीमा उत्तेजना नहुने समस्या कमी नै हुन्छ।
यो अनुसन्धान गर्नको लागि अमेरिकाका अनुसन्धानकर्ताहरूले १७१ जना कलेजका महिला विध्यार्थीहरूलाई समेटेका थिए। यी विध्यार्थीहरू सबैले हालसालै कुनै पनि किसिमका डिप्रेसन घटाउने औषधी प्रयोग गरेका थिएनन्, जसको कारणले यौन चाहनामा कमी ल्याउँदछ।
त्यसपछि हरेक बिहानमा उनिहरूको शारीरिक, मानसिक तथा यौन स्थितिको बारेमा टिप्पणी टिप्न लगाइएको थियो। जसमा, “तपाईँले गत २४ घण्टामा यौन सम्पर्क गर्नुभयो कि भएन?”, “गत २४ घण्टामा तपाईँले हस्तमैथुन गर्नुभयो कि भएन?”, “गएको राति तपाईँ कति घण्टा सुत्नुभयो?” र “गएको राति तपाईँलाई निदाउन कति समय लाग्यो?” प्रश्नहरू सोधिएको थियो। महिला सहभागीहरूले उनिहरूको निन्द्राको गुणस्तरलाई पनि दर्जा गरेका थिए।
हरेक रात एक घण्टा मात्र बढी सुत्यो भने पनि यौन चाहना र यौन कार्यमा संलग्नता बढी हुने सम्भावना हुन्छ‘- अनुसन्धानकर्ता समूहले ‘द जर्नल अफ सेक्सुयल मेडिसिन’ नामक पत्रिकामा छापेका थिए।
तर यो अनुसन्धानको एउटा नराम्रो पक्ष के छ भन्दा यो नतिजा केवल सोधपुछबाट मात्र निकालिएको हो। शारीरिक र मानसिक स्थिति भनेको मानिसअनुसार फरक पर्ने कुरा हो र यसको लागि ठोस अनुसन्धान गर्नु जरुरी छ।

0 comments:

Post a Comment

 
Top