भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

किशोरावस्थामा पुगेपछि मानिसमा यौन इच्छा जागरूक हुन्छ । उचित समय, परिस्थिति र व्यक्तिको उपस्थितिमा यो इच्छा यौन सम्पर्कमा परिणत हुन सक्छ । तर यौनसम्पर्कको चाहनाका बारेमा समाजमा विभिन्न किसिमका धारणाहरू विद्यमान छन् । 
अहिलेसम्मका खोज अनुसन्धानहरुको निष्कर्षमा के भन्न सकिन्छ की पुरूषको यौनइच्छा स्थिर रहन्छ । तर महिलाको यौनइच्छा भने उसको महिनावारीको समयअनुसार फरक फरक हुन्छ । यौन तथा प्रजनन् विज्ञहरुका अनुसार महिलाको महिनावारी भएको पहिलो र तेस्रो हप्ता यौन उत्तेजनाको दृष्टिकोणबाट सहज अवस्था हो । 
बाँकी हप्ता भने उसको लागि यौन उत्तेजना उत्पन्न गराउन केही असहज समय हो । यसको कारक तत्व भने रागरसहरूको उत्पादन र त्यसको प्रभावलाई नै मानिएको छ । केही केटीहरूमा किशोरावस्थाको पूर्वावस्था ९ १०–१४ वर्ष० मा यौनचाहना सुषुप्त रूपमा रहन्छ भने मध्य किशोरावस्थामा ९ १५–१७ वर्ष यौन चाहना पूर्ण रूपमा सक्रिय हुने हुन्छ । 
तर यही उमेरका किशोरहरू भने किशोरीहरूको तुलनामा केही बढी भावुक हुने, यौन चाहनातिर भन्दा बढी सम्बन्ध बिस्तारतिर ध्यान दिने भएकाले समाजमा केटाभन्दा बढी केटीको यौनचाहना बढी हुन्छ भने धारणा छ । हाम्रो समाजमा यस अवस्थाका केटीहरू आफ्नो चाहना पूर्ण रूपमा बाहिर ल्याउन सक्तैनन् । 
उनीहरू आफ्नो चाहनालाई दबाएर राख्छन् र प्रत्यक्ष रूपमा आफ्नो इच्छालाई अगाडि आउन दिदैनन् ।१५ देखि १७ वर्षका किशोरावस्थाका केटीहरू शृगार सामाग्रीको प्रयोग गर्ने, समूहमा आफूलाई सबैभन्दा राम्रो देखाउने, सफा सुग्घरमा बढी ध्यान दिने जस्ता क्रियाकलापहरू गर्ने गर्दछन् । 
समय परिस्थिति र आफू बस्ने समाजको मूल्य मान्यता रहनसहन अनुसार व्यक्तिहरूमा यौन चाहना फरक फरक हुन्छ । त्यसैले केटा वा केटीमध्ये कसलाई बढी यौनचाहना हुन्छ भन्न गाह्रो छ ।

0 comments:

Post a Comment

 
Top