भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

मानव जीवनमा यौन सम्पर्क अत्यावश्यक वस्तु हो । जसरी गाँस बास र कपास चाहिन्छ त्यसरी नै यौन पनि चाहिन्छ । सामान्यतया मानिसहरु हप्ता तथा महिनामा सम्पर्क राख्छन् । तर, हप्तामा तीनपटक यौन सम्पर्क गर्नुहोस र आफ्नो वैवाहिक जीवन स्वस्थ र शुखमयम बनाउनुहोस । हालै गरीएको एक नयाँ अनुसन्धानले सार्वजनिक गरेको एक तथ्य हो यो । यो अनुसन्धान अनुसार मानिसले आफ्नो वैवाहीक जीवनलाई स्वस्थ्य र शुखमय बनाउनका लागि हप्तामा तीनपटक यौन सम्पर्क गर्नु उत्तम रहेको जनाएको छ । ‘यदि तपाई आफ्नो वैवाहिक जीवन स्वस्थ, शुखमय र खुसिले भरिएको बनाउन चाहनुहुन्छ भने हप्तामा तीन पटक यौनसम्पर्क राख्ने गर्नुहोस र हरेक दिन ४ पटक आफ्नो श्रीमान वा श्रीमतीलाई चुम्वन गर्ने गर्नुहोस’ अनुसन्धान प्रतिवेदनमा भनिएको छ । अनुसन्धान अनुसार मानिसहरुले आफ्नो शुखयम वैवाहिक जीवनका लागि हरेकदिन आफ्नो श्रीमान वा श्रीमतीलाई बिहानको एकपटक आइ लभ यु भन्न पनि आवश्यक रहेको छ । यसका साथै यदि तपाईले हरेक दिन आफ्नो जोडीलाई कम्तिमा तीनपटक अङ्गालो मार्ने तथा महिनामा दुईपटक बाहिर खाना खान लग्नु भयोभने तपाईको वैवाहिक जीवन स्वस्थ्य र सुखमय बन्न सक्नेछ । यो अनुसन्धानमा तीन हजार भन्दा बढी विवाहित मानिसहरुलाई समावेश गरिएको थियो । उनुसन्धानमा सहभागिहरुलाई वैवाहिक जीवनका वोरमा धेरैभन्दा धेरै जिज्ञासा राखिएका थिए । ३० देखि ३३ वर्ष उमेर समुहका वैवाहिक जोडिमा विवाह भएको दिन देखि दुई वर्षसम्म वैवाहिक जीवन वीताएका मानिस सामेल थिए । अनुसन्धानपछि अधिकासं मानिसहरुले हप्तामा कम्तिमा तीनपटक यौन सम्पर्क गर्ने गरेको र दैनिक चार पटक चुम्वन गर्ने गरेको बताएका थिए । भने केहीले मात्र हप्ताको सातै दिन र केहीले एकपटक यौन सम्पर्क गर्ने गरेको बताएका थिए । जस्मा सवैभन्दा खुसी र स्वस्थ्य जोडी हप्तामा तीनपटक यौन सम्पर्क गर्ने र दैनिक चारपटक आफ्नो जोडिलाई चुम्बन गर्ने मानिसहरु रहेका थिए ।
हस्तमैथुनका ७ वटा फाइदा !
मानव जीवनमा सबैभन्दा बढी चर्चा हुने जीवन यौन हो । यौन जीवन सामान्यतया हाम्रो समाजमा विवाहपछि मात्रै सुरु हुन्छ । तर त्योभन्दा पहिला पनि युवा युवतीमा यौन इच्छा हुन्छ । विशेषगरी किशोराबस्थामा शारीरिक सम्पर्क राख्ने चाहना बढी हुन्छ । त्यो समयमा युवा युवतीले अपनाउने भनेको हस्तमैथुन हो । अर्थात यौन जीवनको सुरुवात उनीहरुले हस्तमैथुनबाट गर्छन् । शारीरिक सम्पर्क नहुँदा अधिकांश किशोरावस्थाका युवायुवतीले हस्तमैथुन गर्छन् । तर हस्तमैथुन फाइदाहरु भने धेरै कमलाई थाहा होला । हामीले यहाँ हस्तमैथुन गर्दा हुने फाइदाहरु उल्लेख गरेका छौं । तनाव घटाउँछः हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ । सुरक्षित क्रियाः यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् । यौन दुर्बलताको उपचारः शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् । मीठो निद्राः सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ । प्रसन्न बनाउँछः हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछः वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा पढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
प्रजनन् रोग घटाउँछः हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ । एजेन्सीको सहयोगमा

0 comments:

Post a Comment

 
Top