भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

व्यक्तिको शरीरको वजन र उसको यौन जिवनबीच गहिरो सम्बन्ध हुन्छ । एक नयाँ अध्ययन अनुसार महिलाहरु सहवासका लागि यस्ता पुरुष मन पराउँछन् जसको शरीरको वजन सामान्य भन्दा केही बढि हुन्छ । शोधकर्ताहरुले ३७ वर्ष उमेरका ६० हजार ५८ जना मानिसमा विपरित लिंगीप्रतिको आकर्षणको अध्ययन गरेका थिए । शोधकर्ताहले यौनजिवनमा सक्रिय भएसँगै महिला तथा पुरुषका औषतमा ८ वटा सेक्स पार्टनर हुने गरेको पनि बताएका छन् । पुरुषका सम्बन्धमा अध्ययनमा एक रोचक तथ्य बाहिर आयो । त्यस अनुसार बढि वजन भएका पुरुषहरुका सेक्स पार्टनरको संख्या बढि पाइयो ।


अमेरिकाको क्यालिफोर्नियास्थित च्यापमेन विश्वविद्यालयका सहायक प्राध्यापक तथा मुख्य अध्ययनकर्ता डेभिड फ्रेडरिकले भनेः सामान्य वजनवाल तथा बढि वजन भएका पुरुषहरुले धेरै यौनसाथी भएको स्विकार गरे । तर सामान्य भन्दा कम वजन भएका पुरुषहरुका भने यौनसाथीहरु कम भएको पाइयो । महिलाको हकमा पनि यहीँ नियति दोहोरिएको पाइयो र अन्य महिलाको तुलनामा कम वजनवाला महिलाको यौनसाथी कम रहेको पाइयो ।

फ्रेडेरिक भन्छन्ः कम वजन भएका महिलाहरुका यौनसाथी कम हुनुका विभिन्न कारण हुनसक्छन् । कमतौलका महिलाहरु आफ्नो जिउको वजनको विषयलाई लिएर निकै असन्तुष्ट हुन्छन् । जसका कारण उनीहरु आफ्नो सरीरको प्रदर्शनमा अरुची देखाउँछन् । यसका अलावा केही रोगबाट पीडित हुनुका कारणले पनि उनीहरुको शरीरको वजन कम भएकेा हुनसक्छ र सोहीकारण उनीहरुका यौनसाथीको संख्या कम हुनसक्छ ।
शोधकर्ताहरुले होँचो कद भएका पुरुषको तुलनामा सामान्य कद भएका पुरुषका यौनसाथी धेरै हुने गरेको पनि बताएका छन् । यो शोध इभोलुसनरी साइकोलोजी पत्रिकामा छापिएको छ ।
31 Dec 2015

0 comments:

Post a Comment

:) :)) ;(( :-) =)) ;( ;-( :d :-d @-) :p :o :>) (o) [-( :-? (p) :-s (m) 8-) :-t :-b b-( :-# =p~ $-) (b) (f) x-) (k) (h) (c) cheer
Click to see the code!
To insert emoticon you must added at least one space before the code.

 
Top