भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

वैशाख, कैयौँ रोगको कारक एपेस्टेन–बार भाइरसको सम्बन्ध हज्किन्स लिम्फोमा र बर्किट्स लिम्फोमासँग पनि जोडिएको छ । यस भाइरसले हाम्रो शरीरको कोषको जिनलाई नियमन गर्ने प्रणाली हरण गरेर आफ्नो प्रतिरूप तयार पार्ने पत्ता लगाइएको छ । चुम्बन गर्दा मानिसबाट मानिसमा सर्ने भएकाले किसिङ डिजिज नामले परिचित एपेस्टेन–बार भाइरसलाई ह्युम्यान हर्पस भाइरस–४ पनि भनिन्छ । विशेषज्ञका अनुसार चुम्बन गर्दा र्यालको माध्यमबाट एपेस्टेन–बार भाइरस एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्छ । यति मात्र होइन जुठो खाँदा पनि एपेस्टेन–बार भाइरसको सङ्क्रमण हुन सक्छ । यस भाइरसले सङ्क्रमण गरेमा निम्न लक्षण देखिन सक्छ ।
१. थकान ।
२. ज्वरो ।
३. जिब्रो पोल्ने, दुख्ने आदि ।
४. लिम्फनोड सुन्निने ।
५. कलेजो सुन्निने ।
तर, शरीरमा प्रवेश गरेपछि ‘एपेस्टेन–बार’ भाइरस सुरुमा निष्क्रिय भएर बस्छ । सङ्क्रमित व्यक्तिको प्रतिरक्षा प्रणाली केही गरी कमजोर भएमा यो भाइरस सक्रिय हुन्छ र शरीरमा रोगका लक्षण देखिन थाल्छ । यस भाइरस सम्बन्धमा नयाँ खोज गर्ने मोन्ट्रियल विश्वविद्यालयका डा. जेम्स ओमिचिनस्कीको टोलीले पिएलओएस प्याथोजिन्स जर्नलमा उल्लेख गरे अनुसार सङ्क्रमण गरेपछि मानिसको कोषमा हस्तक्षेप गरी एपेस्टेन–बार भाइरसले आफ्नो प्रतिरूप तयार पार्न थाल्छ । मानिसको कोष बाहिर बाँच्न नसक्ने भएकाले एपेस्टेन–बार भाइरसले मानव कोषको महìवपूर्ण प्रणालीलाई हरण गर्ने अनुसन्धान टोलीको भनाइ छ । हाललाई एपेस्टेन–बार भाइरसको सङ्क्रमणको उपचार छैन । अनुसन्धानकर्ता डा. जेम्सले भन्नुभएको छ– मानिसको प्रतिरक्षा प्रणालीलाई भाइरसले धोका दिने पद्धति बुझिएकाले यस तथ्यको आधारमा यसको सङ्क्रमणको उपचारमा पहिलो कदम चाल्न सकिने भएको छ । अनुसन्धान टोलीले जनाएअनुसार अमेरिकामा करिब ९० प्रतिशत वयस्क मानिस एपेस्टेन–बार भाइरसबाट सङ्क्रमित छन् ।  एपेस्टेन–बार भाइरसको सङ्क्रमणको अवस्थामा यस रोगको लक्षण अन्य रोगसँग धेरै हदसम्म मिल्ने भएकाले रोग निदान गर्न गाह्रो हुन्छ ।

0 comments:

Post a Comment

 
Top