भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

काठमाडौ, श्रावण
४ - मेरो त्यो कलेज
पढ्दै
गरेको कलिलो उमेरमा रबिसँग
लगनगाँठोमा बाँधिएर,
अग्नि साक्षी राखी, जीवनभर
सुखदुःखमा एकअर्कामा दुवैले साथ
दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक
जीवनमा बाँधियौँ ।
हामी दुवैको नयाँ जिन्दगीको सुरुवात
भयो । त्यो मेरो १८
वर्षको कलिलो उमेरमा बाबुआमाको लाड
प्यार न्यानु काख छोडेर
रबिको जिन्दगीसँग जोडिएर
रबिको जीवनसाथी भएँ ।
सुरुमा अलि नौलो लागे
पनि बिस्तारी रबिको भरपुर
माया पाउन सफल भएँ ।
रबिको मायामा भुल्लिँदै गएँ ।
हामी एकअर्कामा हराउँदै गयौँ ।
रबि अफिस जाँदा पनि पटकपटक मलाई
फोन गर्थे । रबि जहाँ जाँदापनि मैले
बाटो हेरेर बसिरहन्थेँ ।
रबिबिना क्षणभर पनि मलाई
टुहुरो महसुस हुन्थ्यो । विवाहपश्चात
हामी दुवैको जिन्दगीमा खुसी नै
खुसी छायो । रबिले
दिएको त्यो मायाले म आफूलाई धेरै
भाग्यमानी भएको महसुस गर्थेँ ।
विवाहको दोस्रो वर्षसम्म
कैयौँ आनन्दका क्षणहरु बिताइयो ।
तेस्रो वर्षमा म गर्भवती भएँ । हामीलाई
पुत्री लाभ भयो । छोरी ६
महिनाकी भइन् । म फेरि गर्भवती भएँ । १६
महिनाको अन्तरालमा हामीलाई दुई
पुत्री लाभ भए । दोस्रो पटक
पनि छोरी जन्मिँदा रबि लगायत
सपरिवार निक्कै खिन्न भए ।
फेरि पनि छोरी नै जन्मिना साथ
रबिको अनुहार अँध्यारो भयो । खासै
दोस्रो पटक जन्मिएकी छोरीलाई
रबिले वास्ता पनि गरेनन् ।
रबिको छोराप्रतिको महत्वाकाङ्क्षा पूरा गर्न
मलाई बाध्यता आइलाग्यो । म
फेरि तेस्रो पटक गर्भवती भएँ । तेस्रो पटक
पुत्र लाभ भयो ! रबिलगायत सपरिवार
खुसी भए । छोटो अवधिमा लगातार
मेसिन जस्तै गरी ३ वटा बच्चा जन्माएँ । म
बच्चा हुर्काउने घरधन्दामा व्यस्त भएँ ।
हामी दुवैमाथि जिम्मेवारी र कर्तव्य
थपिए । हामी दुईबीचको सम्बन्ध भर्खर
विवाह हुँदा भन्दा अलि फरक भयो । ३
वटा बच्चा हुर्काउन व्यस्त रहेकी मलाई
आफ्नो शरीर र रुपको स्याहारसुसार गर्न
पनि त्यति वास्ता भएन र
समयको पनि अभाव भयो । सायद भर्खर
विवाह गर्दाको समय
भन्दा बच्चा जन्मिसकेपछि मेरो आकर्षणमा उनले
केही कमी पाए होलान् । हुन त
त्यो प्रकृतिको नियम नै हो, फूल सधैँ
कहाँ फुलिरहन सक्छ र ?
फूलमा पनि निश्चित समयसम्म मात्र
आकर्षण रहन्छ, त्यसपछि ओइलाएर झर्छ ।
त्यसै समयमा रबिको मन
नयाँ आकर्षणतिर तानिएछ ।
उनको छाडा मनलाई जिम्मेवारी र
कर्तव्यले पनि रोक्न सकेन । उनकै
अफिसको स्टाफसँग निक्कै आकर्षित
भएछन् ।
दिनदिनैको भेटघाटको क्रममा उनीहरुको आत्मीयता बढ्दै
गएछ । त्यही उनीहरु
दुईबीचको आत्मीयता गहिरो प्रेममा परिणत
हुन सफल भएछ । जब
रबिको अर्की महिलासँग चक्कर
चल्यो अनि उनको मप्रतिको व्यवहारमा परिवर्तन
हुँदै गएको मैले महसुस गरेँ ।
उनमा आएको परिवर्तनको कारण
हामी दुईबीच ठाकठुक नै पर्न थाल्यो ।
घरमा हामी दुईबीच दिनदिनै झगडा हुन
थाले । जति हामी दुईबीच
झगडा हुन्थ्यो,
उति उनी अर्की महिलासँग नजिक हुन
पुग्थे । जुन उनले मलाई दिएको माया अन्तै
लुटाइसकेका थिए ।
उनी मप्रति खालीखाली तितो भइसकेका थिए
। उनी जिम्मेवारी कर्तव्यदेखि पन्छिँदै
गए । बच्चाहरु स्कुल जान थाले ।
घरमा आर्थिक अभाव हुँदै गयो ।
बच्चाहरुको आवश्यकता पूरा गर्न मलाई
धौधौ पर्यो । रबिलाई भने
नवप्रेमिकासँग नयाँनयाँ ठाउँमा घुम्दै
मनोरञ्जन गर्दै ठिक्कै थियो । उनले
कमाएको पैसा जति प्रेमिकासँग
मस्ती गर्दै ठिक्क हुन्थ्यो ।
घरमा एक पैसा पनि दिँदैनथे । यस्तै गरी २
वर्ष बित्यो । एक दिन रबिले
त्यही महिलालाई
कान्छी श्रीमती बनाई घरमै लेराइछाडे ।
ममाथि नियति बज्रियो । भाग्यले
ठग्यो सौता बेहोर्नुपर्यो । रबिले
मेरो मुटुमा किला ठोकिदिए ।
त्यो किलाले मलाई भित्रभित्रै
पीडा छटपटी भइरह्यो ।
मेरो सारा खुसीहरु लुटिए । संसारबाट
आफु ठगिएको महसुस गरे ।
मेरो सारा खुसी लुट्ने उही महिला नै
थिइन् । मेरो जिन्दगीमा चोट बनी तिनै
महिला भित्रिइन् ।
कान्छी श्रीमतीको जवानीमा लिप्त
भएर रबिले मलाई हेला गरे । कहिले
पनि मलाई वास्ता गरेनन् । उनीबाट म
तिरस्कार हुन पुगेँ ।
त्यसपश्चात् मेरो मन
सधैँका लागि मायाको भोको भयो ।
मेरा तन सधैँका लागि प्यासी रह्यो ।
मेरो नजिकै
जोडिएको कोठामा रबि कान्छी श्रीमतीलाई
काखी च्यापेर सुत्थे । उनीहरु
दुईको मायामोह र यौनक्रियाकलाप
सारा मेरो कोठामा सुनिन्थ्यो ।
ती सम्पूर्ण
उनीहरुबीचको क्रियाकालाप सुनेर
मेरा मनमा रिसले आगो बल्थ्यो । जिउँदै
मैले बारबार मर्नुपर्यो । सधैँ
राति मेरा आँखाका आँसुले
सिरानी भिज्थ्यो । आफू
अन्यायमा परेकाले
कानुनी प्रक्रियामा जाऊँ त तिनै
बालबच्चाको बाबु त्यो पनि आँट गर्न
सकिनँ । उनीहरुलाई जेल पठाएर मैले पाउथेँ
नै के ? विवाह गरेर आएको श्रीमान्
मेरो नैतिकताले पनि दिएन । जति उनीहरु
गिरेका थिए, म त्यति गिर्न सकिनँ ।
कहीँ जाऊँ त ३
लालाबाला सानासाना जाऊँ कहाँ ?
आत्महत्या गरी मरौँ त तिनै निर्दोष
लालाबालाप्रति अन्याय हुन्छ ।
बाँचौँ त रातदिनकै
जलिरहेको जिन्दगीसँग बाँचौँ कसरी ?
उफ् बाँचौ कसरी ?
- इजरायल
kalpanak1k@gmail.com

0 comments:

Post a Comment

 
Top