भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

हिजो आज ठुले सग सल्क्या छौ रे भन्ने सुन्छु
उसै सग दिनरात ,पल्क्या छौ रे भन्ने सुन्छु ।

मन रैछ उस्को लागि किन झुठो प्रेम गर्यौ
रातै भरी उस्को निम्ति टल्क्या छौ रे भन्ने सुन्छु

मन मुटु गास्या थिए धोका दियौ आज तिमिले
मलाइ बिर्सी उसै शीत ,छ्ल्क्या छौ रे भन्ने सुन्छु

किन यस्तो भयो सानू चटक्क नै माया मरेउ
सबै त्यागी उसै तिर ढ्ल्क्या छौ रे भन्ने सुन्छु

यस्तै रैछ साचो प्रेम पसुपती गै कसम खाको
राम्रो छैन प्यासी भन्दै झल्क्या छौ रे भन्ने सुन्छु

दिन बन्धु रेग्मी
बिरानो बस्ती बाट
rdeenbandhu@gmail.com

0 comments:

Post a Comment

 
Top