सबै महिलाले ब्रा लगाएपछि वक्षस्थल सुन्दर र आकर्षक तथा स्वास्थ्य भएको अनुभव गर्छन । व्युटिसियन आरती शाक्यले दिएका ब्रा सम्बन्धी केही टिप्सः
किशोरी अवस्थादेखि नै ब्रा लगाउनुपर्छ । यस अवस्थामा स्तनको विकास हुने भएकाले धेरै कसिने र तारयुक्त ब्रा लगाउनु हुँदैन । बरु अलि ठुलो भए केही फरक पर्दैन ।
प्रत्येक दिन लगाउँदा टिसर्ट ब्रा लगाउनुपर्छ । कुनै पनि व्यायाम गर्दा वा खेल खेल्दा स्पोर्ट्स ब्रा लगाउँदा सजिलो हुन्छ ।
प्रत्येक दिन लगाउँदा टिसर्ट ब्रा लगाउनुपर्छ । कुनै पनि व्यायाम गर्दा वा खेल खेल्दा स्पोर्ट्स ब्रा लगाउँदा सजिलो हुन्छ ।
- कुनै पनि पार्टीमा जाँदा पुस अप ब्रा लगाएर यसले स्तनलाई माथि उठाएर शरीरलाई हट एन्ड सेक्सी लुक दिन्छ ।
- गर्भवती भएको तीन महिनासम्म सामान्य ब्रा नै लगाए हुन्छ । तर यसपछि भने म्याटरनिटी ब्रा लगाए राम्रो हुन्छ ।
- गर्भवती अवस्थामा तार भएको टाइट ब्रा लगाउनुहुन्न ।
- सुत्केरी अवस्थामा पनि क्लिप फुकालेर दुध खुवाउन मिल्ने ब्रा लगाउनुपर्छ ।
- ब्रा किन्दा राम्रोभन्दा पनि सजिलो र आडिलो रोज्नुपर्छ । त्यसैगरी आफ्नो स्तनको कप साइजमा पनि ध्यान दिनुपर्छ ।
- ब्राको फित्ता बढी कस्सिएमा पाखुरा झमझम हुने, नीलो डाम बस्ने, ढाड दुख्ने हुनाले नरम फित्ता भएको रोज्नुपर्छ ।
- ठुला स्तन हुनेहरुले मोटो फित्ता भएको ब्रा लगाउँदा यसले बढी आड दिन्छ ।
- संवेदनशील छालामा ब्रा लगाउँदा चिलाउने र पोल्ने भएकाले सकेसम्म कटनकै ब्रा रोज्नु राम्रो हुन्छ । कसैको निप्पल ठुलो भएर ब्रा लगाउँदा पनि बाहिर आकार देखिन्छ भने पहिले निप्पल सिल लगाएरमात्रै ब्रा लगाउनुपर्छ ।
0 comments:
Post a Comment