यौन चरमसुखको अनुभूति
म ३१ वर्षीया विवाहित महिला हुँ। हामी श्रीमान्–श्रीमतीबीच नियमितजसो यौनसम्पर्क हुने गर्छ। एक किसिमले यौनक्रियाकलापमा रुचि पनि छ र यौन उत्तेजना पनि राम्रै हुन्छ। कहिलेकाहीँ यौन चरमसुखबारे श्रीमान्सँग कुराकानी हुने गर्छ। मेरा केही साथीहरूसँग पनि उनीहरूका श्रीमान्सँगको यौनसम्बन्ध र चरमसुखबारे कुरा हुने गर्छ। ती साथीहरूले आनन्दको विशेष क्षणको कुरा गर्छन्। मलाई यौनक्रियाकलाप आनन्दमयी लागे पनि उनीहरूले भनेजस्तो विशेष क्षण अर्थात् चरमसुख पाएको जस्तो लाग्दैन। एकपल्ट एउटा फिल्म हेरेकी थिएँ। सो फिल्ममा एक नारी पात्रले यौनसम्पर्कपछि होसहवास गुमाएकी थिइन्। त्यस बेला उनको अनुहारमा विशेष आनन्दको अनुभूति भएको देख्न सकिन्थ्यो। लाग्छ, चरमसुख प्राप्तिको क्षण नै त्यही होला। शायद वास्तविक जीवनमा पनि महिलाले त्यसरी नै यौनआनन्दको चरमसुख प्राप्त गर्छन् होला। मैले कहिल्यै पनि त्यस्तो अनुभव गर्न पाएकी छैनजस्तो लाग्छ। मलाई पनि त्यस्तै यौनआनन्द प्राप्त गर्ने इच्छा छ। के म पनि त्यसरी नै यौन चरमसुख पाउन सक्दिनँ? समाधानसहित यस विषयमा पूर्ण जानकारी पाउने आशामा छु।– गोप्य, चितवन
सबै स्वस्थ व्यक्तिमा यौनचाहना हुन्छ । वंश निरन्तरताका लागि आवश्यक पनि भएकोले प्रकृतिले नै दिएको यो एक विशेषता हो । यौनसम्बन्धी चासो तथा चाहना मस्तिष्कबाट सुरू हुन्छ । मस्तिष्कको हाइपोथालामस भन्ने सानो अड्डले यौनसम्पर्क राख्नेजस्ता आधारभूत व्यग्रता प्राणीमा उत्पन्न गर्छ भने अर्को अड्ड सेरेबल कार्टेक्स ले हामीले सिकेका कुरा तथा अनुभवलाई अभिलेख राख्ने कार्य गर्छ । यौनसंवेदनशीलता सम्बन्धी कुरा पनि यसै भागबाट सञ्चालित हुन्छन् ।
यौनेच्छालाई प्रभावित पार्ने हर्मोनहरूको उत्पादन तथा सञ्चालनमा पनि मस्तिष्कको महत्त्वपूर्ण भूमिका हुन्छ । यी सबै कुराको संयुक्त प्रभावबाट यौनसम्बन्धी क्रियाकलापहरू निर्देशित हुन्छन् । यौनसम्पर्क होस् वा अन्य यौनक्रियाकलाप,वास्तवमा त्यो शारीरिक तथा मानसिक दुवैको समन्वयमा हुने एक जटिल प्रक्रिया हो । यौन उत्तेजनाको सुरुवातदेखि त्यसको अन्त्यसम्मका कुरालाई हेर्दा हाम्रो शरीरमा केही परिवर्तन एक निश्चित प्रकारले भएको देखिन्छ । सो यौन उत्तेजनाप्रति शरीरले देखाएको प्रतिक्रिया भएर नै यसलाई मानव यौनप्रतिक्रिया चक्र भनिन्छ ।
मानव यौनप्रतिक्रिया चक्र
मास्टर्स र जोनसन मानव यौनप्रतिक्रिया चक्रलाई प्रयोगशालामा अध्ययन गर्ने पहिलो वैज्ञानिकहरू हुन् । उनीहरूले यस चक्रलाई चारवटा चरणमा विभाजित गरेका छन् । पहिलो चरणलाई उत्तेजनाको चरण,त्यसपछिको चरणलाई प्लेटो फेज, तेस्रो चरणलाई चरमसुख र अन्तिम चरणलाई रिजोलुसन फेज भनिन्छ ।
तपाईंले भनेजस्तो चलचित्रमा देखाइएझैँ वा पत्रपत्रिकामा लेखिएझैँ यौन चरमसुख सजिलै प्राप्त हुने कुरा होइन । यौन चरमसुखको त्यो आनन्ददायी उचाइ वास्तवमा थुप्रै शारीरिक, भावनात्मक तथा मानसिक तत्त्वको जटिल प्रतिक्रयापछिको नतिजा हो । त्यसैले यौन चरमसुख प्राप्त गर्न नसक्नुको कारणमा शारीरिक, मानसिक वा भावनात्मक जे पनि हुन सक्छ ।
सामान्यतया प्रभावित व्यक्तिले आफूले यौन चरमसुख प्राप्त नगरेको कुरा सहजै थाहा पाउन सक्छन् । हामीलाई थाहा छ, निकै छोटो समय हुने भए पनि यौन चरमसुख एक विशेष परिस्थिति हो । प्लेटो फेजलाई निरन्तरता दिन सकिएको स्थितिपछि व्यक्ति अर्को चरणमा जान्छ, जसलाई चरमसुखको चरण भनिन्छ । त्यतिखेर एक यस्तो विन्दुमा पुगिन्छ, जसमा पुगेपछि यौन तनावबाट मुक्त भइन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्त्व छ । किनभने यसै बेला मानिसले प्राप्त गर्न सक्ने सुख वा आनन्दमध्ये शायद सर्वोत्कृष्ट सुखको अनुभव हुन्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा के भने, यस किसिमको समस्याको उपचार सजिलो नहुन सक्छ । उपचारको क्रममा सर्वप्रथम त यदि कुनै कारण भए त्यसलाई हटाउनुपर्ने हुन्छ । तपार्इं आफैँले पनि त्यसलाई हटाउन वा न्यून गर्न सक्दो प्रयास गर्नुपर्छ । आवश्यक परेमा चिकित्सकको सहयोग लिनुपर्ने हुन्छ । चिकित्सकलाई तपाईंको यौन इतिहास, कुनै शल्यक्रिया भएको भए त्यसको बारेमा वा अहिलेको यौनसाथीसँगको सम्बन्धको बारेमा खुलस्त पारेर भन्नुपर्छ । त्यसदेखिबाहेक चिकित्सकले सामान्य शारीरिक परीक्षणको साथै यौनाड्ड तथा स्नायु प्रणालीसम्बन्धी विभिन्न परीक्षण गर्ने गर्छन् । यौनजोडीसँगको सम्बन्धको सन्दर्भका समस्या भए त्यसलाई ठीक पार्नु आवश्यक छ । आवश्यक परेमा दुवै जनाले यौन तथा सम्बन्ध सुधारको लागि परामर्श लिनुपर्ने हुन सक्छ । कतिपय स्थितिमा सेक्स थेरापीको पनि आवश्यता पर्छ ।
सामान्यरूपमा मानव यौनप्रतिक्रिया चक्रका चरणहरू यस्ता हुने भए पनि कतिपय व्यक्तिले तपाईंले जस्तै यौन चरमसुख प्राप्त गर्न नसकेको अनुभव गर्छन् । त्यसैले यहाँ यौन चरमसुख प्राप्त गर्न नसक्ने समस्याबारेमा चर्चा गरिन्छ ।
कुनै व्यक्तिले पर्याप्त यौन उत्तेजना गराएको स्थितिमा पनि निरन्तर यौन चरमसुख प्राप्त गर्न नसकी व्यक्तिगत जीवन नै तनावपूर्ण भएको स्थितिलाई यौन चरमसुख अप्राप्ति ९बलयचनबकmष्ब० भनिन्छ । उमेर, कुनै रोग लागेको स्थिति वा औषधिको प्रभावले पनि यौन चरमसुख प्राप्त गर्न कठिनाइ हुन्छ । यस्तो समस्या पुरुषको तुलनामा महिलामा धेरै पाइन्छ भने तरुण पुरुषमा विरलै मात्र हुन्छ । पुरुषको हकमा कतिपय स्थितिमा यसलाई वीर्य स्खलन ढिलो हुनुसँग पनि जोडिन्छ । दम्पतीमा सन्तुष्टि छ र तनाव छैन भने यौन चरमसुख प्राप्त नगरे पनि खासै चिन्ता गर्नुपर्दैन ।
यौन चरमसुख प्राप्त गर्न नसक्नुको कारण
शारीरिक कारणः कुनै पनि किसिमको कडा बिरामी परेमा यौनक्रियाकलामा संलग्न हुने र चरमसुख प्राप्त गर्ने कुरा नै भएन । यसै गरी मधुमेह वाः Multiple Sclerosis, Henital Mutilation, शल्यक्रियाका जटिलता,कम्मर क्षेत्रको चोट, हर्मोनको मात्रामा हुने असन्तुलन, पाठेघर एवम् डिम्बाशयजस्ता अड्ड शल्यक्रिया गरी हटाएको अवस्था, मेरुदण्डको चोट आदि कुराले चरमसुख प्राप्त गर्ने कार्यमा बाधा गराउन सक्छ । यस्तै उच्च रक्तस्राव, एन्टिहिस्टामिन वा केही मानसिक रोगका औषधिको सेवन एवम् अत्यधिक मद्यपानले पनि नकारात्मक असर पर्दछ । साथै उमेर बढ्दै गएपछि यौन चरमसुख प्राप्त गर्न गाह्रो हुँदै जान्छ ।
महिलाको हकमा कुरा गर्दा उमेरको साथै महिनावारी बन्द हुने क्रममा हर्मोनमा आउने परिवर्तनले पनि असर पुर्याएको हुन्छ ।
मानसिक वा भावनात्मक कारणः कुनै पनि कारणले हुने चिन्ता वा निराशापनले यौनक्रियाकलाप अनि यौन चरमसुख प्राप्तिमा असर गर्छ । कतिपयमा यौनकार्य सम्पादन गर्न सक्दिनँ कि भन्ने चिन्ताले सताउन थाल्छ र यसैका कारण उसको कार्यसम्पादन झनै बिग्रिएर जान्छ । आधुनिक समाजको चापाचापको कार्यशैली वा आर्थिक कारणले हुने तनावको नकारात्मक असर त यसमा पर्छ नै । यस्तै कतिपय व्यक्तिमा गर्भ रहला वा यौनरोग लाग्ला भन्ने भय मनमा पसेको छ भने पनि यौन चरमसुख प्राप्तिको लागि बाधक हुन्छ ।
बाल्यकाल वा किशोरावस्थाको नकारात्मक अनुभवले पनि यौन चरमसुख प्राप्तिमा नकारात्मक असर पर्छ । कुनै–कुनै व्यक्तिमा यसरी योनानन्द प्राप्त गरेर कुनै गल्ती गरिरहेका छौं भन्ने अपराधबोधको भावना पनि हुन्छ । कतिपयमा लज्जा हाबी हुन सक्छ । मलाई यौन चरमसुख चाहिन्छ र यसको प्राप्तिको लागि प्रयास गर्नु नै लज्जाबोधको कुरा हो भन्ने लाग्न सक्छ । यस्तो स्थितिमा यौन चरमसुख प्राप्त गर्ने कुरा नै भएन ।
यौनजीवनमा एकनासेपन हाबी भएको छ वा कुनै नयाँपन छैन भने पनि यौन चरमुख प्राप्तीमा नकारात्मक असर पर्छ । यौनसाथीसँगको सम्बन्ध जस्तै कि झगडा, विश्वासघातको कुरा अनि कुराकानी नै नहुने स्थिति हुनुको असर यौन चरमसुखमा पनि पर्छ । भनिन्छ, पुरुषको हकमा यस्तो समस्या धेरैजसो मानसिक कारणले हुने गर्छ ।
चरमसुख प्राप्त नभएको कसरी थाहा पाउने?
यस चरणमा मांसपेशीहरूमा निकै तनाव आउँछ र आफैँ खुम्चने तथा खुल्ने हुन्छ । स्वास–प्रश्वासको गति तथा मुटुको गति बढेर दोब्बर हुन्छ भने रक्तचाप निकै बढ्छ । महिलाको पाठेघर, योनिको बाहिरी भाग तथा शरीरको तल्लो भागका मांसपेशीहरू खुम्चने तथा फुक्ने हुन्छन् । पूर्ण चरमसुख पाउँदा यस्तो मांसपेशी खुम्चने–फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ । यस बेला जुन सुखानुभूति हुन्छ, हामी त्यसलाई चरमसुख वा चरम (स्वर्गीय) आनन्द भन्छौं । पुरुषको हकमा भने यो चरमसुख पाउने कुरा दुई चरणमा पूरा हुन्छ । सुरुमा आन्तरिक अड्डहरूको खुम्चने–फुक्ने क्रम सुरु हुन्छ र वीर्यलाई मूत्रनलीमा धकेल्छ ।
यस अवस्थामा पुगेपछि स्खलन रोकिन नसक्ने भएकाले प्वाइन्ट अफ नो रिटर्न पनि भनिन्छ । त्यसपछि मूत्रनली, लिड्ड तथा पौरुष ग्रन्थिको खुम्चने–फुक्ने क्रम सुरु हुन्छ र वीर्य पनि बाहिर निस्कन्छ । वीर्य लिड्डबाट बाहिर निस्कनुलाई नै हामी वीर्य स्खलन भएको भन्छौं । यही बेला पुरुषले चरम सुख पाउँछन् । वीर्य स्खलन र चरमसुख सँगसँगै हुने भए पनि वीर्य स्खलन हुँदैमा चरमसुख पाएको भन्नेचाहिँ होइन ।
चरमसुखको अनुभूति प्राप्त गर्न नसक्ने स्थितिलाई तीन भागमा वर्गीकरण गर्न सकिन्छ
Primary anorgasmia: यसले जीवनमा कहिल्यै पनि यौन चरमसुखको अनुभूति प्राप्त नगरेको स्थितिलाई जनाउँछ ।
Secondary anorgasmia : पहिले यौन चरमसुख प्राप्त गर्ने गरेको तर अहिले सो प्राप्त गर्न नसकेको वा प्राप्त गर्न कठिनाइ भएको स्थिति हो यो ।
Situational anorgasmia: यसले यौनसम्पर्क वा हस्तमैथुन गरेको सन्दर्भमा कुनै–कुनै परिस्थितिमा यौन चरमसुख प्राप्त गर्न नसक्नुको स्थितिलाई जनाउँछ । त्यसै गरी कुनै पनि परिस्थिति वा यौनसाथीसँग यौन चरमसुख प्राप्त गर्न नसक्ने स्थितिलाई General anorgasmia भन्ने गरिन्छ ।
चरमसुख पाउनुको साथै वीर्य स्खलन भएपछि पुरुषहरू एक विशेष अवस्थामा पुग्छन् र एक निश्चित अवधिभर चरमसुख पाउन वा वीर्य स्खलन गर्न सक्दैनन् । यही अवधिलाई च्भाचबअतयचथ एभचष्यम भनिन्छ । यो अवस्थामा कतिपयलाई लिड्ड उत्तेजित गराउनै गाह्रो हुने भए पनि कतिपयको लिड्ड केही वा पूर्णरूपमा उत्तेजित हुन सक्छ । लिड्डको उत्तेजनालाई निरन्तरता दिन भने गाह्रो हुन्छ । यसरी पुनः पहिलेकै स्थितिमा आउन लाग्ने अवधि कति हुन्छ भन्ने कुरा निश्चित रूपमा भन्न सकिन्न । यो केही मिनेटदेखि केही घन्टासम्मको पनि हुन सक्छ । यो व्यक्तिअनुसार फरक पर्न सक्छ । एकै व्यक्तिमा पनि समयअनुसार फरक पर्न सक्छ । उमेर बढ्दै गएपछि यसको समय झन् बढी हुन सक्छ ।
समस्याको समाधान
महिलाको हकमा आफ्नो यौनसंवेदनशील अड्डहरूको बारेमा जानकारी राख्नु आवश्यक हुन्छ । हस्तमैथुन गरेर त्यसलाई पत्ता लगाउन सक्नुहुन्छ । यस कार्यमा तपाईले आफ्नो यौनजोडीलाई पनि सहभागी गराउन सक्नुहुन्छ ताकि उहाँलाई तपाईंको यौनसंवेदनशील अड्डको बारेमा बढी जानकारी होओस् र तपाईंलाई उत्तेजित गराउन सहयोग मिलोस् । कतिपय स्थितिमा भाइबे्रटरको सहयोग लिनुपर्ने पनि हुन्छ ।
अर्को कुरा यौन उत्तेजना नै पर्याप्त नभएको हो कि विचार गर्नुहोस् । यदि त्यस्तो हो भने त्यसलाई सक्दो बढाउने प्रयास गर्नुहोस् । उदाहरणको लागि योनिमा मात्रै गरिएको घर्षण नपुग्ने हुन सक्छ र प्रत्यक्षरूपमा भगाङ्कुरलाई चलाई उत्तेजित पार्नुपर्ने हुन्छ । चिकित्सकले शारीरिक रूपमा कुनै रोग भए त्यसको उपचार गर्नेछन् वा नकारात्मक पार्ने कुनै औषधिको सेवन गरिरहनुभएको भए त्यसलाई परिवर्तन गर्न सक्नेछन् । त्यसदेखिबाहेक कतिपयले हर्मोनयुक्त औषधिको प्रयोग गर्ने सल्लाह दिन सक्छन् । उदाहरणका लागि इस्ट्रोजनको सेवनले यौनका सन्दर्भमा मस्तिष्कमा सकारात्मक असर पार्छ । योनिमा यस्तो औषधि राखिँदा पनि योनिक्षेत्रमा रक्तप्रवाह बढाउन सहयोग गर्छ ।