एक अर्काप्रति आफ्नो भावना कहिले
पनि नबदल्ने सोचेर नै कुनै पनि एक महिला र
पुरुष विवाह बन्धनमा बाँधिने गर्दछन् । तर
समयसँगै हामी परिवर्तन हुन्छौँ र
हाम्रो सम्बन्ध पनि । सम्बन्ध स्थिर नै हुँदैन
। परिवर्तनलाई आत्मसात गर्नसके मात्र
मानिसहरुको सम्बन्ध सुमधुर हुने गर्दछ ।
यदि यसलाई नबुझेमा पुरै सम्बन्ध नै टुट्न सक्छ
।
विवाह केवल दुई व्यक्तिसँग जीवन बिताउने
मात्र नभई एक अर्काबिच सुमधुर सम्बन्ध
बाँध्ने मौका पनि हो । तर आजकाल
वैवाहिक बन्धनको उमेर कम भइरहेको छ र
सम्बन्ध बिच्छेदको घटनाहरु निकै
सार्वजनिक भइरहेका छन् ।
यसको पछाडि केहि ठोस् कारणहरु
पनि रहेका छन् । जसरी समयसँगै
व्यक्तित्वमा परिवर्तन आउने गर्दछ त्यस्तै
गरि हाम्रो इच्छामा पनि परिवर्तन आउने
भएका कारण हामी एक
अर्काप्रति प्रेमको अभिव्यक्तिमा पनि
परिवर्तन पाउने गर्दछौँ ।
हरेक वैवाहिक
जीवनमा एकआपसमा झगडा हुने नै गर्दछ तर
झगडाले सम्बन्धमा के असर पार्छ
भन्दा पनि झगडाले के कुरा सिकाउँछ भन्ने
कुरा महत्वपूर्ण हुन्छ ।
समयसँगै बदल्ने गर्दछ प्रेम तर जब
हामी प्रेममा पर्दछौँ त्यतिबेला त्यसलाई
जीवनभरिको सुनिश्चितता मान्ने
गर्दछौँ र यसलाई हामीले
जीवनभरिको सुख र
प्रशन्नताको ग्यारेन्टीको रुपमा लिने
गर्दछौँ । हामी यस्तै भ्रमका कारण
दुखी हुन्छौँ तर आफू दुखी भएकोमा अरुलाई
दोषारोपण गर्ने गर्दछौँ । समय
परिवर्तशील छ भन्ने उक्तीलाई आत्मसात
गर्न नसकेका कारण धेरैजसो मानिसहरु
दुःखी हुने गर्दछन् जसले प्रेम सम्बन्ध टुट्ने
गर्दछ ।
भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment