कुनै केटा मन परेको छ र उसँग नजिकिन
सकिरहनु भएको छैन ?यदि यस्तो संकट
सामना गरिहनु भएको छ भने
चिन्ता नलिनिुस्,तपाईलाई मन
परेको केटा केही उपाय प्रयोग गरेर
लाइनमा आउन सक्छन्,तपाईलाई मन
परेका केटा तपाईको माया जालमा छिट्टै
पर्न सक्छन् । तर त्यसका लागि तपाईले
केही कुरामा विशेष चनाखो भने हुनैपर्छ ।
१. नजिक हुने प्रयास गर्नुस् तपाईलाई कुनै
केटा असाध्यै मन परेको छ या तपाई उसलाई
भित्रभित्रै दिलमा सजाइसक्नु भएर
पनि उसको ध्यान तान्न सकिरहनु
भएको छैन भने सुरुमा तपाईले
केही सजगता जरुर अपनाउनु पर्ने हुन्छ ।
त्यसका लागि तपाईले पहिले त उसँग नजिक
हुने प्रयास गर्नु पर्छ । उसका साथीहरुसँग
नजिकिँदै उसँग नजिक हुने उपाय
तपाईका लागि सबैभन्दा लाभदायक हुन
सक्छ । उसँग उसका साथीमार्फत
नजिकिनुस् र
उसका आनीबानी थाहा पाउने प्रयास
गर्नुस् ताकि उसका मन पर्ने र नपर्ने
आनीबानीहरु तपाईले थाहा पाउन
सक्नुहोस् ।
उसका आनीबानी थाहा पाइसकेपछि तपाईले
यस्तो व्यहार मात्र
उसका अगाडि देखाउनुहोस्,जुन उसले मन
पराउँछ ।
२.ग्रिन सिंग्नल दिनुहोस् तपाईलाई मन
परेको कुनै केटाको आनीबानी बुझिसक्नु
भएको छ भने अब तपाइको काम
भनेको उसलाई लाइन मार्नतिर केन्द्रीत
हुनुपर्छ । त्यसैले अब ढिलानगर्नुहोस् तर पहिले
उ तपाईप्रति सकारात्मक छ कि छैन भन्ने
कुरा भने पहिल्याउनुस् । तर याद
गर्नुहोस्,लाइन मार्दा सामान्य
मर्यादा र अनुशासन भने ख्याल गर्नुहोस् ।
केटाहरु उपयोगितावादी हुने भएकाले
तपाईको पर्फमेन्सबाट उनीहरुले
तपाईसँगको सम्बन्ध निर्धारण गर्ने गर्छन् ।
त्यसैले तपाईले सधै उसँग श्लिल,विनम्र र
मर्यादित ढंगले सम्बन्ध बढाउनुस् ताकि उसले
तपाईलाई लामो समयसम्मकै लागि सोचेर
सम्बन्ध बढाओस् ।
३.लजाउनुहोस् लाजलाई
केटीहरुको गहनाको रुपमा हेरिन्छ ।
जतिसुकै सभ्य र आधुनिक युगमा प्रबेश गरे
पनि पुर्विय समाजका केटीहरु
छाडा भएको कसैले पनि मन पराउँदैनन् ।
त्यसैले केटीहरुले सधैभरि यसमा ध्यान दिएर
आफुलाई लाइन मार्ने
कार्यमा क्रियाशिल गराउनु राम्रो हुन्छ
। त्यसैले कुनै केटाको ध्यान आफुतिर तान्न
चाहानुहुन्छ भने सबैभन्दा पहिले
हेराइमा ध्यान दिनुहोस् । उसलाई बारबार
लजाएर हेर्नुहोस् ।उसले तपाईको हेराईबाटै
थाहा पाओस् कि तपाई उसलाई चाहिरहनु
भएको छ । तर हेर्दा यसरी हेर्नुस्
कि केटाको मनमा पनि तपाई
प्रति कौतुहुलता जागेर आसोस् । पट्क–पट्क
हेर्ने र हल्का लजाएजस्तो गर्न भने नभुल्नुस् ।
४. ड्रेसअपमा ध्यान दिनुहोस् मानिसलाई
आकर्षण गर्ने अर्को तरिका भने लवाई
वा ड्रसअप नै हो । लवाइले मानिसमा थप
आकर्षक बनाउन सहयोग पुर्याउने भएकाले
आफ्नो लवाईमा सधै सचेत हुनुहोस् । तर
तपाईले आफ्ना लवाईमा भने यो विचार
पुर्याउनुहोस् कि उसले
कस्तो कपडा लगाउँदा तपाईप्रति उ
आकर्षित हुन्छ । तर धेरै भद्दा र
खुलेको कपडा भने नलगाउनुहोस्
किनकी त्यस्ता कपडा लगाउनेप्रतिको केटाहरुको दृष्टिकोण
निकै नै नकारात्मक हुन्छ ।
५.बोलीमा मिठासता देखाउनुहोस् मन
परेको केटाको छेउछाउ
भएको बेला आफ्नो बोलीमा मा ध्यान
दिनुहोस् । मिठो र मसिनो स्वर बोलेर
केटालाई आकर्षित गर्ने, बोल्दा प्रयोग हुने
शब्द र
उच्चारणमा पनि सतर्कता अपनाउनुहोस्
ताकि तपाईको जालबाट उ उम्किन
नसकोस् ।
६. केटाको हेरचाह गर्नुहोस् केटासँग
नजिकिने
अर्को सजिलो तरिका हो,उसलाई
लगातार हेरचाह गरिहनु ।त्यसैले उसलाई कुनै
समस्या पर्दा,उ अनुपस्थित
हुँदा या विरामी पर्दा उसँग यसबारे
बुझ्नुहोस । जसले तपाई र
उबीचको भावनात्मक सम्बन्ध थप झागिएर
जान्छ ।
७.समस्यामा सहयोग गर्न नहिच्किचाउनुस्
कुनै पनि मानिससँग सम्बन्ध निर्माण
गर्नका लागि उसको विपत्तिको या दुःखको घडी निकै
नै फलदायी मानिन्छ । यो तथ्य बुझेका धेरै
मान्छेहरु मन परेका मान्छेहरुसँग सम्बन्ध
निर्माण गर्न चुक्दैनन्,त्यसको उपयोग गर्छन् र
सम्बन्ध बनाउँछन् । त्यसैले तपाई पनि आफुलाई
मन परेको केटा साथीलाई
परेको समस्यामा सहयोगीको भुमिकामा देखिनुहोस्,जसले
तपाईको चाहना भरथेग गर्न मद्दत पुग्नेछ ।
भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्
Home
»
TIPS AND TRICK
» आफुलाई मन परेको केटा छ .. तर...
कसरी उसको नजिक हुने त..?
जानी राखौं केहि टिप्सहरु..
Subscribe to:
Post Comments (Atom)
0 comments:
Post a Comment