भिडियो डाउनलोड गर्न यहाँ क्लिक गर्नु होस्

खोटाङमा प्रेमजालमा फसेर
गर्भवती बनेकी युवतीले प्रेमीविरुद्ध
उजुरी दिएकी छन् । मायाजालमा पारेर
गर्भवती बनाएको र अलपत्र
अवस्थामा छाडेको आरोप लगाउँदै
स्थानीय १८ वर्षीय युवतीले महादेवस्थान
९ का २० वर्षीय हडिन्द्र राई विरुद्ध
प्रहरीमा उजुरी दिएकी हुन् ।
विवाह गर्ने भन्दै
गर्भवती बनाएपछि सम्पर्क विहीन बनेर
छाडेकाले कारबाहीको माग गर्दै
प्रेमी बिरुद्ध उजुरी दिनुपरेको पीडीत
युवतीको भनाइ छ । पेटमा ९
महिनाको बच्चा भएपछि गत असार २
गतेदेखि प्रेमी बेपत्ता बनेर अलपत्र
बनाएको पिडितको आफन्त नवराज राईले
बताउनुभयो । प्रहरीका अनुसार युवतीले दुई
वर्षदेखि हडिन्द्रसँग प्रेम सम्बन्ध रहेको र
विवाह गर्ने सहमतीमा शारीरिक सम्पर्क
हुँदै आएको बताएकी छन् । गत
असोजमा महिनावारी भएको
बताउँदाबताउँदै पनि प्रेमीले
‘हामी श्रीमान/श्रीमती नै त हौं’ भन्दै
सम्पर्क गरेको पीडित युवतीले
बताएकी छन् ।
गर्भपतन गराउनका लागि गएको जेठ १९ गते
झुक्याएर उदयपुरको कटारीस्थित
एउटा स्वास्थ्य संस्थामा पुर्याएको तर
आफूले अस्वीकार
गरेपछि प्रेमी भागेको उनले बताइन् । ‘मलाई
उहाँले कटारी बोलाउनु भो, गाउँबाट म
पनि गएँ,’ उहाँले भन्नुभयो, ‘गर्भपतन
गराउनकालागि बोलाएको थाहा
पाएपछि मैले मानिन, त्यसपछि उहाँ मलाई
त्यही छाडेर भाग्नु भो ।’
गर्भपतनको प्रयास असफल
बनेपछि भागेका हडिन्द्रसँग
आफन्तको सहयोगमा पुन इटहरीमा भेट
भएको युवतीको भनाइ छ । आफन्तले
प्रहरीको सहयोगमा प्रेमीको जिम्मा
लगाएको र सँगै बसेको १७
दिनपछि ‘दिदीले
काठमाडौं बोलाएको’ भन्दै
बाहना बनाएर हिँडेका हडिन्द्र सम्पर्क
विहीन बनेको उहाँले बताउनुभयो ।
बिवाहअघि भएको यौन सम्वन्धबाट
गर्भवती बनेको थाहा पाएपछि युवती
घरपरिवार र छिमेकीबाटै अपहेलित
बनेकी छन् ।
जिल्ला स्वास्थ्य कार्यालय
खोटाङमा स्वास्थ्य परीक्षण
गराएकी गर्भवती युवती हाल
दिक्तेलको एक होटलमा बसिरहेकी छन् ।
घटनाका विषयमा छलफल
गर्नकालागि हडिन्द्रका आफन्तलाई
उपस्थित हुनका लागि पत्राचार
गरिएको जिल्ला प्रहरी कार्यालय
खोटाङको मुद्दा शाखाका प्रहरी नायव
निरीक्षक यादव गौतमले बताउनुभयो ।
स्रोत # उज्यालो अनलाइन

0 comments:

Post a Comment

 
Top